४२२. किसानको दु:ख

किसानको दु:ख

✍️ वसन्तराज अधिकारी, घोराही, दाङ, नेपाल 

धर्ती खन खोरस गरि
फ़लाउँछन् जो अन्न ।
तिनै धर्तीपुत्र लाई नै
मिल्छ किसान भन्न ।।१।।

कृषि बाहेक जिविकाको
अन्य स्रोत केही छैन ।
तिनै किसानहरू नै छन्
अत्यन्तै गरिब र बिपन्न ।।२।।

हिमाल पहाड तराई सबैतिर
छरिएका छन्  कृषक ।
कृषी प्रधान हाम्रो देश नेपाल
जीवनाधार कृषि मजदुर ।।३।।

कृषि विकास गर्न भनि बन्छन्
बहुआयामिक नीति र योजना ।
खेतीको बेला मल बिउ नपाई
आकासे खेतीमा भरपर्न ।।४।।

दलाल पुँजीपति राजनीतिक चाल
किसान मारा जाल र झेलले ।
अन्नदाता किसानलाई रुवाई सधैं
राष्ट्रको मुहार फ़ेरिन्न कहिले ।।५।।

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका १७ पनौंरा, दाङ, नेपाल
सोमबार १३ असार २०७९ शुभम् ।

Comments