४२१. उमेरले तीन बीसको नजीक टेक्न थाल्दा खेरि ।

उमेरले तीन बीसको नजीक  टेक्न थाल्दा खेरि  ।          

✍️ वसन्तराज अधिकारी, दाङ, घोराही  
  

उमेरले तीन बिसको नजीक  टेक्न थाल्दा खेरि ।
जवानीका उग्र तिर्सना सब मेटिन्छन् नि फ़ेरि ।।
सपनाझै आउँछन् याद तिलस्मी अतितका दिन ।
समय हुन्  महान बलशाली गुनासो क्यै छैन ।।१।।

अध्ययन, वृत्ति र सेवा सँगै व्यतीत ति अतीत ।
बगेको खोला जस्तैः मिल्छ अनुभव सागर सित ।।
संघर्षशिल जिन्दगीले फ़ेरि मिठो पाठ सिकाउँछ ।
त्यहीँ मिठासवाट कवि भावले गीत गुनगुनाउँछ  ।।२।।

मेटिदैनन् तृष्णा कहिले पुग्ने हैन जति भए पनि ।
धनी गरिब सबैले हो दुई छाक हातमुख जोडनि ।।
गरिब भन्दा पनि धनीमानी धेरै दु:खी देख्छु फ़ेरि ।
उमेरले तीन बीसको नजीक  टेक्न थाल्दा खेरि ।

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका १७ पनौंरा, दाङ, नेपाल
शनिबार ११ असार २०७९ शुभम् ।

Comments