४१६. गीत कविता लेख रचना पस्कन्छु सबमा । हाम्रो मिलन भैराछ सामाजिक सञ्जालमा ।।

गीत कविता लेख रचना पस्कन्छु सबमा ।
हाम्रो मिलन भैराछ सामाजिक सञ्जालमा ।।           

✍️ वसन्तराज अधिकारी
                               घोराही १७ दाङ, नेपाल 

सरकारी सेवा जागीरको अवकाश पछि ।
सम्झिराछु बिगतका दिन आफ्नै घर बसि ।।
हिजो का ति बेफुर्सदी व्यस्तताका दिन ।
आउँदो रैछ आरामले आजका यि क्षण ।।

जीवन भर जागीरको गर्दै रहियो भर ।
अब भने प्यारो लाग्छ  आफ्नै गाउँ घर ।।
पढाइ साथ जागीरेले अन्तर्मुखि बन्दा ।
दिन उमेर ढल्की जान्छ आजभोलि भन्दा ।।

आउँछ याद सपनाझै कामकाजी साथीभाइ ।
निजामती जागीरमा हाकिम हुँदा  हाईहाई ।।
भेट हुन्छन् हिड्दा घुम्दा अग्रज दाजुभाइ ।
बितेका दिन फर्की आन्नन छ है बाई बाई ।।

घर व्यवहार जीवनको उत्तरार्ध तिर ।
राष्ट्रलाई घर सम्झि हिंडेको सम्झेर ।।
गौरव लाग्छ जवानीका रमाइलो दिन ।
बग्ने खोला जस्तैः रैछ मानव जीवन ।।

समयको कस्तो कालक्रम घुमाउरो चक्र ।
सोझो बाटो हैन रैछ  जीवन रेखा बक्र ।।
गीत कविता लेख रचना पस्कन्छु सबमा ।
हाम्रो मिलन भैराछ सामाजिक सञ्जालमा ।।

✍️ वसन्तराज अधिकारी
घोराही १७ पनौंरा, दाङ
बुधबार १ असार २०७९

Comments