४१४. उखरमाउलो तप्त वायु सुखा गर्मी पानी पर्न सक्या छैन ।

उखरमाउलो तप्त वायु सुखा गर्मी पानी पर्न सक्या छैन ।         

✍️ वसन्तराज अधिकारी
                                  घोराही, दाङ, नेपाल 

कहिले आउला बर्षा मनसुन पनि हाम्रो प्रदेश भरमा ।
कति निरस समय चक्र चलिराछ अहिले हजुर याहाँ ।।
हावा हुरी चल्छ प्रायः दिनमा वर्षा पनि हुन सक्या छैन ।
उखरमाउलो तप्त वायु सुखा गर्मी पानी पर्न सक्या छैन ।।

मल खाद पनि नपाएर किसानलाई छ निकै सास्ती ।
राजनीतिका ठेकेदार लाई जैले पनि भैराछ मस्ती ।।
सत्ता कुर्सी मतान्धको कौरव खेल कैले पनि सकिँदैन ।
उखरमाउलो तप्त वायु सुखा गर्मी पानी पर्न सक्या छैन ।।

नैतिकता र चरित्रको चीरहरण नाङ्गो नाच भैरहेको हुँदा ।
जनताको दुख पिरले सत्ता राजनीतिलाई कदापि नछुँदा ।।
महंगीको तप्त कोरराले निर्मम जनताको ढाड सेकिरहँदा ।
रोम राजा निरो जस्तैःहाम्रा नेता गण बाँसुरी बजाईराछन् ।।

राजनेताको सत् चरित्र र नैतिकताको कुरा गर्दा खेरि ।
दलिय राजनीतिक गठबन्धनको आउँछ दुर्गन्ध घरी घरी ।।
जनतालाई मन्त्र दिने उच्च स्थान मन्त्री जस्ता पदमा ।
बसेकाको चरित्रहिन नाङ्गो नाच समाजमा छताछुल्ल हुँदा ।।

त्यसै हैन नि हजुर दलहरु प्रति वितृष्णा आउदै गाको ।
रोब रवाफ अनैतिक छद्म भेषले सत्ता कुर्सी पद पाको ।।
संघीय र प्रदेश सरकारका चुनाव आउँदैछन् अब फ़ेरि ।
होशियारी, खवरदारी र जाँचबुझ  गरौं है हामी घरीघरी ।।

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगर १७ दाङ नेपाल
बुधबार १ आषाड २०७९ 

Comments