४११. जन्मेको यश धर्तीमा हजुर म सञ्चित पुण्य फलको कारण

जीवन दर्शन कविता

जन्मेको यश धर्तीमा हजुर म
सञ्चित पुण्य फलको कारण

📒 वसन्तराज अधिकारी
               घोराही उपमहानगरपालिका १७ पनौंरा, दाङ, नेपाल 

बिज्ञान भन्छ कारण र परिणाम
मिलेर बन्छ केहि ।
ज्ञान भन्छ ईश्वर परमात्माको
निगाहले सृष्टि भइ ।।
प्रकृति र पुरुषको संयोग नभई
बन्दैन जीव जगत् ।
चैतन्य चोला यो मानव जीवन
भोग मात्र हैन फगत ।।
सोच्नु पर्दछ यो उत्तम मानव जन्म
लिई  जन्मको सार के हो ?
खानु लाउनु र बंश कायम राख्नु
सामान्य क्रिया भयो ।।
पुनरपि जननं पुनरपि मरणं, पुनरपि
जननी जठरे शयनम् ।
नास्तिक दर्शन भन्छ भश्मी भुतस्य
देहस्य पुनरागमनम् कुत ।।
बाबू र आमा सहोदर भाइबहिनी
जीवन साथी र सन्तान सन्तती ।
जन्मदा कोहि थिएन साथ मर्दा पनि
जानू छ एक्लै छोडेर सारा यी ।।
कर्म र भाग्य यै जन्मका हुन्
होईनन् केहि कोहि नवीन ।
जन्मेको यश धर्तीमा हजुर म
सञ्चित पुण्य फलको कारण ।।

📒 वसन्तराज अधिकारी
घोराही उपमहानगर १७ पनौंरा, दाङ, नेपाल ।
शनिबार, जेठ २८, २०७९

Comments