४१०. जन्म पश्चात् बूढो हुनु पनि स्वाभाविक रैछ !!!

जन्म पश्चात् बूढो हुनु पनि स्वाभाविक रैछ !!!    

Me वसन्तराज अधिकारी
                              घोराही, दाङ, नेपाल 

जवानीका रहर लाग्दा ति दिन सम्झी ल्याउँदा ।
कता कता आफै भित्र भित्रै काउकुती लाउँछ ।।
लाग्दैनथ्यो मलाई पनि  बुढेसकालले छोप्ला ।
बैंशका ति सुन्दर दिनहरू स्पप्ना सरि बन्ला ।।

विकासका परिवर्तन चौतर्फी  देख्न पाईयाछ ।
तनमा राम्रै लाईयाछ मीठो मसिनो खाईयाछ ।।
पुरुषार्थ र भाग्यले जीवन गीत खुब गाईयाछ ।
बुढेसकालमा अब त तन स्वस्थ्य चाहियाछ ।।

नित्य निरंतरता सृष्टि चक्र चलिरहेकै हुन्छ ।
प्रकृतिको नियम जो सदा सत्य साँचो बन्छ ।
अपवाद छाडी  ढिलो चाँडो पालो आउँदछ ।
जन्म पश्चात् बूढो हुनु पनि स्वाभाविकै रैछ ।।

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगर १७ दाङ, नेपाल
रचना मिति : बुधबार  २५ जेठ २०७९

Comments