३९९. बैशाख ३० मा नेता चुनौं मतदान गर्न गई ।

बैशाख ३० मा नेता चुनौं मतदान गर्न गई ।

✍️ वसन्तराज अधिकारी

स्थानीय चुनाव आयो हाम्रो देशमा ।
नेता आउँछन् घरघरमा बहुरंगी भेषमा ।।१।।

दुरदृष्टी उद्देश्य भएको नेता राम्रो ।
गतिशील विकास प्रेमी मित्रवत हाम्रो ।।२।।

विवेक पुर्याई छानौं है गोप्य मतदान गरि ।
नत्र भने पछुताउनु पर्ला फ़ेरि  घरीघरी ।।३।।

गौदान कन्यादान भन्दा ठुलो हुन्छ मतदान ।
यसैमा छ गौरव हाम्रो उच्च-स्वाभिमान ।।४।।

स्वच्छ निष्पक्ष तटस्थ भयरहित वातावरण भइ ।
बैशाख ३० का दिन नेता चुनौं मतदान गर्न गई ।।५।।

✍️ वसन्तराज अधिकारी
पुर्व क्षेत्रीय निर्वाचन अधिकारी
उपसचिव, नेपाल सरकार
आइतबार २५ बैशाख २०७९

Comments