३९८. आउनुस् हजुर बैशाख ३० मा मतदान गर्न जाउँ !!!

आउनुस् हजुर बैशाख ३० मा मतदान गर्न जाउँ !!!             

✍️ वसन्तराज अधिकारी 

आमा बाबु दाजुभाइ दिदीबहिनी आउ
स्थानीय तहको मतदान गर्न जाऔं ।।
गाउँ नगर प्रमुख उपप्रमुख वडाध्यक्ष
खुला महिला र दलित सदस्य जिताऔं ।।

१८ बर्ष उमेर पुगि वालिग मतदाता
लिएर निर्वाचन परिचयपत्र साथ ।
आफ्नो नजिकको मतदान केन्द्रमा
हाम्रो होईन राम्रो उम्मेदवार चुन्नु छ ।।

हाम्रो मत सहि ढंगले सदुपयोग होस्
पाँच बर्षको लागि हाम्रो नेता चुनियोस्  ।
कुन दल कुन उम्मेदवारले गर्छ बिकास
आफ्नो ठाउँको बिकासमा दिन्छ सहि निकास  ।।

निर्वाचन लोकतन्त्रको प्राण वायु हो
मतदान सहि भए मात्र भाग्य कोरिने हो ।
स्वच्छ स्वतन्त्र निष्पक्ष भयरहित वातावरण
आफ्नो अमुल्य मतको सदुपयोग गरौंन ।।

लोभ लालच प्रलोभनमा कहिल्यै नभुलौं
राष्ट्रलाई शिरमा राखी आफ्नो मतदान गरौं ।
स्थानीय निर्वाचनले स्थानीय सरकार बन्छ
हाम्रो दैनन्दिन कामकाजमा सहयोग हुन्छ ।।

राष्ट्रिय पर्व नै हो आवधिक निर्वाचन हाम्रो
समावेशी महिला मैत्री बनाउँ चुनाव राम्रो ।
खबरदारी गर्नुपर्छ राजनीतिक प्रतिस्पर्धा भित्र
यसैमा देखिन्छ सिङ्गो नेपालको मानचित्र ।।

निर्वाचन आयोगको परिचयपत्र बोकि
स्वस्तिक छाप राम्रो उम्मेदवारलाई ठोकी ।
राष्ट्रिय चाड निर्वाचनमा सहभागीता ल्याऔं
आउनुस् हजुर बैशाख ३० मा मतदान गर्न जाउँ ।।

✍️ वसन्तराज अधिकारी
पुर्व क्षेत्रीय निर्वाचन अधिकारी, बाँके
अन्तर्गत निर्वाचन आयोग, नेपाल
हाल : घोराही १७ दाङ, नेपाल ।
शनिबार, बैशाख २४, २०७९

Comments