४०२. धेरै बर्ष पछि फ़ेरि मैले स्वतस्फूर्त रूपमा आफ्नो मतको सदुपयोग गरे !!!

धेरै बर्ष पछि फ़ेरि मैले स्वतस्फूर्त रूपमा आफ्नो मतको सदुपयोग गरे !!!    

निर्वाचन आयोग, नेपालवाट प्राप्त प्रशंसा पत्रको तस्बिर 

२०३६ सालको जनमत संग्रहको  निर्वाचनमा पनि ।
बहुदल र निर्दलको कडा चुनावको माहौल बनी ।।
सोह्र बर्ष मात्र थिए म तर पनि बहुदलमा भोट हाले ।
पञ्चायतको दबदबामा साँच्ची मैले पनि त हारे ।।१।।

२०४८ सालको संसदको चुनावमा सल्यानमा थिए म ।
लेखडाग्री बिद्यालयको परिषर भित्र निर्वाचन केन्द्रमा ।।
सहायक कर्मचारी थिए तर  निविदामा बिबाद सल्टाएँ ।
राष्ट्रसेवक भुमिकामा उच्च स्वाभिमान आत्मगौरव पाएँ ।।२।।

२०५१ सालको निर्वाचनमा सहायक मतदान अधिकृत भै ।
संसदीय निर्वाचन सम्पन्न भयो जिल्ला दार्चुलामा गई ।।
२०६४  संविधानसभा निर्वाचनमा भक्तपुर ताथली केन्द्र ।
मतदान अधिकृतको भुमिकामा पाईयो उच्च सगौरव ।।३।।

२०७० दोस्रो संविधानसभा निर्वाचनमा थानकोट कोतघर ।
मतदान अधिकृतको भुमिकाको पनि अब पूरा भयो रहर ।।
२०७२ मा उपसचिव भएपछि निर्वाचन आयोग पदस्थापन ।
क्षेत्रीय निर्वाचन कार्यालय, बाँके प्रमुख भै आएँ आफ्नै ठाउँ ।।४।।

ऎतिहासिक स्थानीय तह राज्य पुनर्संरचना पहिलो निर्वाचन ।
क्षेत्रीय र प्रदेश समेतको भुमिकामा जिम्मेवारी थ्यो गहन ।।
प्रदेश, प्रतिनिधिसभा राष्ट्रिय सभा समेतका निर्वाचन प्रशिक्षण ।
सम्झि ल्याउँदा आत्म गौरव लाग्छ बितेका स्वर्णिम ति दिन ।।५।।

बि.सं. २०७८ सालमा सेवावाट अनिवार्य अवकाशप्राप्त भएपछि मात्र ।
आफ्नै घरमा आई  खुशी साथ मतदान गर्न पाएपछि भो आनन्द ।।६।।
अरु जस्तैः मेरो राजनीतिक आस्था र अटल बिचार पनि छ ।
तर छट्टु  बाँदर जस्तो गरि सबलाई देखाउँदै हिड्दिन ।।
समाजसेवी शिक्षक र राष्ट्रसेवी निजामती सेवा जागीरे भई ।
करिब चारदशक बिताएछु आफ्नै श्रम पसिनाले सिञ्चित गरि ।।७।।

अझै पनि स्पष्ट भै खुला राजनीतिमा उत्रन सक्या छैन ।
राजनीतिमा स्वअनुभव योग्यताको मुल्यांकन देख्याछैन ।।
मेरो मतले बिजय हाँसील गरुन्  र पाँच बर्षको लागि ।
आशीर्वाद छ जनहित र बिकासका कार्य पुर्ण गरुन् ।। ८।।

पढ्छु लेख्छु रमाउँछु खबर समाचार बिचार पनि सुन्छु ।
काव्य शास्त्र बिनोदेन कालो गच्छती धिमताम् सधैं भन्छु ।।
स्वइच्छा लागे कानुनी वकालतको आफ्नै व्यवसाय पनि ।
स्थानीय तहको कर्मचारीहरुको तालिमको प्रशिक्षक बनी ।।९।।

घरैमा आरामले बस्दा पनि आउँदो रैछ अर्कै आनन्द र खुशी ।
कहिले काँही मात्र लाग्छ म पनि राष्ट्रसेवावाट निवृत्त भएनि ।।
राजनीतिशास्त्र र कानुनी शिक्षा र प्रशासन सेवामा पनि जागीरे भए ।
धेरै पछि फ़ेरि मैले स्वतस्फूर्त रूपमा आफ्नो मतको सदुपयोग गरे ।।
                    

निर्वाचन आयोग, नेपालका तत्कालीन सचिव श्री वेगेन्द्रराज शर्मा पौडेलज्युवाट प्रशंसा पत्र ग्रहण गर्दै म 

तस्बिर संलग्न : बि.सं. २०७४ सालको ऎतिहासिक निर्वाचन सम्पन्न गरे पश्चात् श्री निर्वाचन आयोग, नेपालवाट प्राप्त प्रशंसा पत्र

✍️ अधिवक्ता वसन्तराज अधिकारी
पुर्व उपसचिव, नेपाल सरकार
शनिबार ३१ बैशाख २०७९ शुभम् ।

Comments