३९७. ३० औं बिबाहित बर्ष गाँठ २०७९


Me वसन्तराज अधिकारी with म्याडमजी श्रीमती  एशोदा अधिकारी घोराही उपमहानगरपालिका १७ पनौंरा, दाङ, नेपाल 

३० औं बिबाहित बर्ष गाँठ २०७९

पहिला जन्म, शिक्षा
कर्म, बिबाह र निधन
अनिवार्य शाश्वत धर्म
रहेछ मानव जीवन ।
बिबाह बन्धन जीवनयात्रा
एउटा बन्छ मुल पथ
रमाइलो  सुरुआत हुन्छ
हिंड्नु दुवै साथसाथ ।।१।।

आरोह अवरोहहरु झेल्दै
कठिन दु:ख सुख
सम्झौतामा चल्नुपर्छ
आफ्नो जीवनसाथी शीत ।
धेरै आफू हार्नुपर्छ थोरै
थोरै जित्नु पनि पर्छ ।
यति भए घर व्यवहार
सब सहजता मिल्छ ।।२।।

बिबाह पश्चात् शुरु हुन्छ
पुनः वास्तविक जीवन
घर खर्च बचत र व्यवहार
व्यहोर्दै सारा ॠण धन ।
सन्तानको जन्म भै बाबुआमा
स्वयं भएपछि  मात्र
गृहस्थ जीवन सुरुआत
आउँछ स्पष्ट मानचित्र ।।३।।

आय आम्दानीका गोरेटोलाई
सकिनसकि मुलबाटो बनाउँदै
बढदो असीमित खर्चहरुका
स्रोतहरु सीमितमा झार्दै ।
दिनरात एकसमान ठानी
ईमान मेहनत र परिश्रम गर्दै
अब्बल प्रतिस्पर्धी बनी
अग्रगामी पाईला सार्दै ।।४।।

जिजिविषा "बाच्ने इच्छा"
सदैव डोर्याउँछ फेरि
बिजिगिषी ठूलो बन्ने इच्छा
लगातार आउँछ वरिपरि ।
साथीभाइ कहाँ कहाँ  पुगे
फेरि के के गरि सके
हुन पुगेछु कि हजुर पछि
कि त भए सबैभन्दा अल्छि ।।५।।

ठुला ठुला काला पहाड जत्रा
बिधि व्यवहारका ढिक्का
पालन हुनुपर्छ सदा सत्य
जीवन कर्तव्यमा निष्ठा ।
सुखमा आफन्त सबै साथीभाइ
दु:खमा एक्लै एक्लै हुन्छ
आफू हाँस्दा संसार हाँस्छ
परन्तु रुँदा एक्लै रुनुपर्छ ।।६।।

मेहनत र  परिश्रमले हजुर
अवश्य धन कमाउनु पर्छ
थोरै धेरै जति कमाएनी
व्यवहार सोही रुपले टर्छ ।
त्यसैले त कोही धनी मानी
कोहि निर्धन गरीबी छन्
समाजमा विभेदका खाडलहरु
कहिल्यै पनि पुरी दैनन् ।।७।।

पहिला दु:ख मिहिनेत गर्न सके
पछि फ़ेरि मिल्दो रैछ सुख
शिखर चढन ससाना पदचाप
चाल्दै अघि बढनु पर्छ ।
आफ्नै भरले उठन सके मात्र
आत्मसन्तुष्टि आउँछ स्वाभिमान
काम सानो ठूलो जे जस्तो होस्
उद्देश्यमा भैईन्छ महान ।।८।।

आफ्नो शिक्षा वृत्ति पथ बढोत्तरी
घर गृहस्थ कर्म कर्तव्य सबै गरि
सन्तानको उच्च शिक्षा दीक्षा
बसेर संघर्षले राजधानी शहरमा ।
राजा रामको आदर्श र मर्यादा
सदैव हरतरहले गरि सुरा पूरा
अब उप्रान्त एउटा अध्याय पनि
भैसक्यो राज्यको जिम्मेवारी पूरा ।।९।।

यस्तै यस्तै जीवन कथा
व्यतीत भए  सुखद क्षण
तीसौं बर्ष व्यतीत भए
हाम्रो वैवाहित जीवन ।
दुई हजार उन्चास साल
बैशाख २३ मंगलबार दिन 
हाम्रो वैवाहित जीवन
सुरुआतको रमाइलो पल ।।१०।।

✍️ वसन्तराज अधिकारी
घोराही १७ पनौंरा, दाङ, नेपाल
शुक्रबार २३ बैशाख २०७९ शुभम् ।

Comments