४०९. पानीको फ़ोका जस्तैः रैछ यो जीन्दगानी !!!

पानीको फ़ोका जस्तैः रैछ यो जीन्दगानी !!!             

✍️ वसन्तराज अधिकारी
                   घोराही उपमहानगर वार्ड नं.१७ दाङ, नेपाल 

आमाको गर्भ उच्छवास सहि निस्केर नश्वर ।
काँ आएँ हुँला भनेर रोई कराई सम्झेर ईश्वर ।।
रोग र भय विपत्ति सँगै प्राकृतिक प्रकोप ।
भौतिकतामा व्यहोर्नुपर्ने अनेकन सुखदुःख ।।
               ।।१।।
शरीर बन्दै पुष्ट सुसंगठित बलिस्ठ तन ।
आउँछ फ़ेरि सुन्दर किशोर युवापन ।।
नुतन अनुभव तिलस्मी सुन्दर संसार ।
जवानीको रंगले ल्याउँछ अनेकन बहार ।।
                   ।।२।।
लिएर शिक्षा रोजी वृत्ति पथ गरेर  गुजारा
साथीभाइ आफन्त सारा सञ्जाल हजार ।।
प्रतिस्पर्धा गर्दै जीवन दौडमा तँछाडमछाड ।
खोल्सा र खोला पारगर्दै हजारौं जङ्घार ।।
                   ।।३।।
पर्लोक तर्फ फर्केर जानुछ पुनः छोडेर संसार ।
भौतिक संग्रह जाँदैनन् केही अशरीरि भएर ।।
चैतन्य चोला पाएर पनि किन अचेत सरि बनेर ।
मायाजाल रनभुल्ल अतृप्ति सँगै कर्मभोग सकेर ।।
                   ।।४।।
कर्म र भाग्यको चौहद्दी भित्र फन्का लगाई ।
रसरंग र भोग बिलासमा जीवन यो गुमाई ।।
आखिरी रैछ जीन्दगानी विविधता सपनी ।
पानीको फ़ोका जस्तैः रैछ यो जीन्दगानी ।।२
                   ।।५।।

✍️ वसन्तराज अधिकारी
घोराही १७ पनौंरा, दाङ, नेपाल ।
मिति : मंगलबार १७ जेठ २०७९

Comments