४०८. अब गाउँ गाउँमा पक्कै दरबार आउँछ ।।

अब गाउँ गाउँमा  पक्कै दरबार आउँछ ।।          

Me वसन्तराज अधिकारी
                            घोराही १७ पनौंरा, दाङ 

स्थानीय सरकार पालिकाको
निर्वाचन पनि सकियो ।
अब केहि दिनमा सकिन्छ
मतगणना कार्य पनि ।।

कतै उहीँ  पुराना अनुहार
दोहरिएका पनि छन् ।
थोरै थोरै तलमाथि न हो
खासै फरक पनि छैन ।।

पुरानो बोत्तलमा फ़ेरि
भरियो नयाँ रक्सी ।
कहिले भाइको पालो
फ़ेरि उहीँ दाइको ।।

डाँका भन्दा चोर सहि
अब लेखिन्छन् नयाँको खाताबही ।
आफुले पनि ह्रदय खोलेर
मताधिकारको सदुपयोग गरियो ।।

सिंहदरबारको जागीरे मै पनि
गाउँ र नगर सरकारमा आको थिए ।
अब त निवृत्त भएर पनि घरै बस्या छु
आशा छ नयाँहरु सिंह बनेर न आउन ।।

संघीयता कार्यान्वयनमा आएको
पाँच बर्षे दोस्रो कार्यकाल ।
पहिला त सिंह मात्रै आएको रे

अब गाउँ गाउँमा  पक्कै दरबार आउँछ ।।२

✍️ वसन्तराज अधिकारी
स्वनिवास : घोराही उपमहानगरपालिका वार्ड नं.१७ दाङ, लुम्बिनी प्रदेश, नेपाल ।
मिति : शनिबार, जेष्ठ ७, २०७९ शुभम् ।

Comments