४०७.…………राजनीति तात्या छ ।

…………राजनीति तात्या छ ।
                       

Me वसन्तराज अधिकारी 

हार जीतको पासाहरु खेल्या छन् राजनीतिक जुवाडी ।
रमाईराछन् जित्नेहरु तर हार्नेछन् दौडमा पछाडि ।।
समाजसेवा गरिने  राजनीति भन्नू शास्त्रीय कथा छ ।
गृष्मका उष्ण उग्र तापिय दिन राजनीति तात्या छ ।।१।।

मुर्खहरुमा जो धेरै मुर्ख उसको जित पक्का छ ।
लछारपछार भएको उहीँ छ जो खेलाडी कच्चा छ ।।
साम दाम दण्ड भेद गर्ने कौटिल्य नीतिमा कुटिल ।
स्थानीय तह निर्वाचन पश्चात् याहाँ राजनीति तात्या छ ।।२।।

अगुवा चुन्ने आम मतदाता मौनता धैर्य शान्त छन् ।
नेताका गण आसेपासे जन असाध्य मात्तिन्छन् ।।
पोकाका पोका आश्वासन बोकी नेतागण आतुर छ ।
राजनीतिक सोमरस पिएर दलगुट राजनीति तात्या छ ।।

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका १७ दाङ, नेपाल
शुक्रबार जेष्ठ ६, २०७९

Comments