झझल्को जन्मस्थलतिरको ।
Me वसन्तराज अधिकारी |
कतै टाढा टाढा को
बिकट यात्रावाट ।
फर्केको छु आफ्नै घर ।।
सुन्दर सुदुर अतितको
मीठो सम्झना जन्मस्थलको ।
तर शहरीकरण हिजोआज जस्तो
घरहरू ठुल्ठुला छन्
गुल्जार बस्ती छ ।
पसलहरु र बस चल्दैछन् ।।
घोराही जाने भन्छु
काठमाडौं पनि सम्झन्छु ।
अतीत हो या वर्तमान ।।
कल्पना होईन मेरो यो
रमाइलो सपना थियो ।
झझल्को जन्मस्थल तिरको ।।
✍️ वसन्तराज अधिकारी
स्वनिवास : घोराही उपमहानगरपालिका १७ पनौंरा, दाङ
मिति : बुधबार जेष्ठ ४, २०७९ शुभम् ।
Comments
Post a Comment