४०३. वर्तमान समय नै साथी रहेछ !!!

वर्तमान समय नै साथी रहेछ !!! 

✍️ वसन्तराज अधिकारी

सुदुर अतितका
घनघोर दु:खरुपि
काला बादल
केवल छन्
स्मृतिपटमा ।।

अतितका कठोर
अथक मिहिनेत
संघर्षशिल
दिनचर्या
प्रगतिशील पदचाँप ।।

भए छन् अब
जीवन्त कालातित
साँच्चिकै भनौ भने
वर्तमान समय नै
साथी रहेछ ।।

@ बुलेट ब्रो.
वसन्तराज अधिकारी
शनिबार ३१ बैशाख २०७९

Comments