३९६. निवृत्त ॠषित्व

✍️ वसन्तराज अधिकारी

निवृत्त ॠषित्व

स्मृतिमा मीठो
जीवन्त अतीत ।
अब मेटिए सबै
प्रतिस्पर्धी दौड ।।

आफ्नै थात थलो
घर करेसा आँगन ।
मिलनसार छर छिमेक
गाउँ शहर  घुमघाम ।।

निखिल जीवन
सन्तोषी मन ।
स्वान्त सुखाय
सन्तोषम् परम सुखम् ।।

नविदेशले लोभ्यायो
नराजधानी शहरले ।
आफ्नै घर गाउँ ।
प्रिय जननी जन्मभुमि ।।

छैन भने छ
छ भने छैन ।
प्रवृत्त देवत्व
निवृत्त ॠषित्व ।।

✍️ वसन्तराज अधिकारी
घोराही १७ पनौंरा, दाङ
२०७९ बैशाख १९ सोमबार शुभम् ।

Comments