३७१. छ मास पनि व्यतीत भयो थाहै नपाई……

छ मास पनि व्यतीत भयो थाहै नपाई…………

✍️ वसन्तराज अधिकारी
       

सधैं नित्य सदाबहार जस्तो लाग्थ्यो ।
निजामती सेवा जागीर जीन्दगीलाई ।।१।।
नुतन नयाँ अनुभव कार्य प्रकृति पाई ।
कहिले उपत्यका पहाड फ़ेरि तराई ।।२।।
रमाइलो जीन्दगानी हाकिम हाई२ ।
रातदिन खटिएर जिम्मेवारी निभाई ।।३।।
राज्यको जिम्मेवारी काधमाथि बोकि ।
देशलाई नै आफ्नै घर सम्झेर होकि ।।४।।
जागीरे माया रैछ सहयोगी साथीभाइ ।
मीठो याद सपनीमा आउँछ कहिलेकाही ।।५।।
सुन्दर अतीत एकान्तमा आउँछन् यादहरु ।
टाढा२ भए सबै हिजोका घनिष्ठ साथहरु ।।६।।
अनित्य छ जीन्दगानी शाश्वत केही छैन ।
परिस्थितिसँग आत्मसात सदावहार चैन ।।७।।
रंगीन दृश्य अतीतका बिबिध चित्रपट ।
व्यतीत सादा जीवन व्यवहार निष्कपट ।।८।।
सबै आफ्ना प्रियजन छैनन् पराया कोहि ।
दु:ख सुख जीवनमा एकनास समभाव रहि ।।९।।
अतीतका मिठा२ पल यादहरु भुलाई ।
छ मास पनि व्यतीत भयो थाहै नपाई ।।१०।।

✍️ वसन्तराज अधिकारी
घोराही १७ पनौरा, दाङ
आइतबार २५ चैत्र २०७८ शुभम् ।

Comments