३६९. उदेकलाग्दो झिपिक२

उदेकलाग्दो झिपिक२ 

घोराही १७ पनौंरा, दाङ, नेपाल 

बिजुली अड्डाको नियति
साझ बिहान् जुनसुकै समय
बत्ति जाने गर्दछ हिजोआज
उदेकलाग्दो झिपिक२ ।।१।।

कुलमानजी लाई था छ कि छैन
यो अघोषित लोडसेडिङ
हुनत ! ठुला बडा कहाँ होला
स्पेसल हुँदैन तहाँ उदेकलाग्दो झिपिक२ ।।२।।

उर्जा मन्त्रालयले यसबारे
अनुगमन गर्छ गर्दैन ?
अहँ कहिले गरे जस्तो सुनिन्न
नत्र किन हुँदो हो ! उदेकलाग्दो झिपिक२ ।।३।।

सरकार त भनेर कहिले थाक्दैन
अब हामीले भारतलाई पनि
विद्युत् निर्यात गर्छौं भनेर !
फ़ेरि किन यो नियति उदेकलाग्दो झिपिक२।।४।।

हामी सामान्य जनता निरीह छौं
हाम्रो कुरा सुन्ने को छ र ?
प्राधिकरण जागीरे एउटा अड्डा
सरकारलाई कहाँ हुन्छ र उदेकलाग्दो झिपिक२ ।।५।।

दिनभर सयौं पल्ट पटकपटक
बत्ति मैयाँ कुदिरहेकि देखिरहेको छु
एउटा अनुभवी भुक्तभोगी सेवाग्राही
सहनु निर्विकल्प सिवाय उदेकलाग्दो झिपिक२ ।।६।।

देश बिदेशका खवर खाबर
हालचाल दैनिकी गतिविधि
कतिपय अनिवार्य कार्यसम्पादन
टक्क रोकिन्छन् उदेकलाग्दो झिपिक२ ।।७।।

कहिलेकाही असाध्यै रिस पनि उठछ
रिसाएर के गर्नु आफ्नै अन्तर्मन भन्छ
यो हाम्रो साधारण जनताको बाध्यता
बिल भुक्तानी खनखन उदेकलाग्दो झिपिक२।।८।।

धेरै पहिला लोडसेडिङ थियो
पत्रपत्रिकामा रुटिन आउँथ्यो
कमसेकम चित्त बुझाउन सहज
अब त सिवाय उदेकलाग्दो झिपिक२ ।।९।।

वर्डलिङ्कको ईन्टरनेट सूचना गर्छ
सरकारी अड्डा खाना बिदा हुँदा
नेपाल सरकार गृह मन्त्रालय सुचित गर्छ
विद्युतको सुचित नभै उदेकलाग्दो झिपिक२ ।।१०।।

✍️ वसन्तराज अधिकारी
घोराही १७ पनौंरा, दाङ, नेपाल
जनवरी १, २०२२ शनिबार

Comments