३६५. प्रिय श्रीमतीजी

प्रिय श्रीमतीजी             

✍️ वसन्तराज अधिकारी

अन्तरंग श्रीमान् को नजीकको साथी
दु:ख सुखको यिनी समान सहयात्री ।
प्रेम सद्भाव ममतामयी सह्रदयी  मित्र
गृहस्थको लक्ष्मीस्वरुपा नारी घरभित्र ।।१।।

रसरंग जीन्दगानी सन्तान प्रदायिनी
नजीकको मित्र सल्लाहको खानी ।
जवानीको रहरमा अत्यन्त मिल्ने दौंतरी
बुढेसकालमा बन्छिन् सदा नर्स सरि ।।२।।

यिनी नहुँदामा घरै अन्धकार बन्छ
यिनी खुशी भए गृह स्वर्गसरी हुन्छ ।
सृष्टि चक्र धान्ने यिनै भाग्यदाता बनी
धर्मपत्नीवाटै चल्छ जीवनगीता पनि ।।३।।

आमाकै हुन् अर्को रुप सृष्टि जगतमा
यिनैमा छ पुरुषको जैविक आत्मा ।
नारी पुरुष बराबरी आदर्श यो वाक्य
गृहस्थ धर्ममा  नारी हुन्छिन् सौभाग्य ।।४।।

ईश्वरको सुन्दर रचना हुन् महिला
महि "पृथ्वी" ईला बुझ्नु "आदिमाता" ।
सुख खुशी सदैव  त्यहीँ नभई फजिती
सुखीखुशी रहुन्  सदा प्रिय श्रीमतीजी ।।५।।

📝 वसन्तराज अधिकारी
घोराही १७ पनौंरा, दाङ
बुधबार ०७ पुस २०७८ शुभम् ।

Comments