३५६. बर्षौं बर्ष जागीररुपि जन्जिरभित्र, बाँधिएको चरी । राज्य मेशिनरी यन्त्रमा जोडिएको, घरबाँस छोडी ।।

बर्षौं बर्ष जागीररुपि जन्जिरभित्र, बाँधिएको चरी ।
राज्य मेशिनरी यन्त्रमा जोडिएको, घरबाँस  छोडी ।।           

✍️ वसन्तराज अधिकारी 
                                     घोराही, दाङ  

करिब  चार दशक व्यतीत भो, मेरो राष्ट्रसेवा ।
सामुदायिक सरकारी शिक्षक र निजामती सेवा ।।
रोल्पा प्युठान शिक्षक भै व्यतीत, छ - सात बर्ष ।
मेहनत लगनशीलताले निजामती, सेवा प्रवेश ।।१।।

सल्यान डोटी दिपायल र दार्चुला, महाकाली तिर ।
उपत्यका भक्तपुर काठमाडौ र पुगे ललितपुर ।।
पुनः दाङ डडेल्धुरा जिल्ला हुँदै, बर्दिया र बाँके ।
यस्तै राष्ट्रसेवामा व्यतीत, तीनदशक बढी बिते ।।२।।

पुनः सिंहदरबार यात्रा युवा, खेलकुद मन्त्रालय ।
अन्ततः अनिवार्य अवकाशप्राप्त,  पनि भए ।।
बर्षौ बर्ष सम्म छोडि हिंडेको, आफ्नै घर फर्की आए ।
गृह निर्माणका लागि अब ध्यान, यता तिर लाए ।।३।।

घर बाँस परिपाटी मिलाउनु, प्राथमिकता प्रथमतः ।
स्वतन्त्र कानुन व्यवसायी बन्ने, सोंच पुर्ण गर्नुछ ।।
भेटघाट र आन्तरिक बाह्य भ्रमण, कार्यक्रम छ बाँकी ।
योजनाबद्ध तरिका मिलाई पुर्ण गर्न, सकिन्छ कि ? ।।४।।

सेवा निवृत्त भै मुक्त हुँदानि बन्धन, जस्तो लाग्ने ।
कति समय लाग्ने होला यश, बन्धनलाई तोडने ?
बर्षौं बर्ष जागीररुपि जन्जिरभित्र, बाँधिएको चरी ।
राज्य मेशिनरी यन्त्रमा जोडिएको, घरबाँस  छोडी ।।५।।

✍️ वसन्तराज अधिकारी
घोराही १७ पनौंरा, दाङ, नेपाल
शनिबार १८ मंसिर २०७८ शुभम् ।

Comments

Post a Comment