३६०. रुँदा रुँदै जनम लियो, हाँस्दै मर्न सकुँ…………

रुँदा रुँदै जनम लियो, हाँस्दै मर्न सकुँ…………     

📝 वसन्तराज अधिकारी
                               घोराही १७ दाङ, नेपाल                                         

आँखा भरी तिम्रो माया, मुटु भरी चित्र ।
रमेको छ परमेईश्वर, अन्तरह्रदय भित्र ।।१।।

दु:ख सुख समभाव, स्वच्छ सफा मन ।
विताउने सदिच्छा यो, चार दिनको जीवन ।।२।।

प्रत्येक दिन हुन्छ फ़ेरि, रात पनि हुन्छ ।
सुक्ष्म भाव यसैले नै, जीवन संकेत दिन्छ ।।३।।

जन्म मरण स्ववश छैन, कर्म गर्नु उत्तम ।
भाग्य, कर्म र पुरुषार्थ, नित्य साथ रहुन् ।।४।।

रुँदा रुँदै जनम लियो, हाँस्दै मर्न सकुँ ।
मानव चोला जीन्दगानी, सार्थक गर्न सकुँ ।।५।।

📝 वसन्तराज अधिकारी
घोराही १७ दाङ नेपाल
मंगलबार २८ मंसिर २०७८ शुभम् ।

Comments