३६७. अंग्रेजी नयाँ बर्ष २०२२, राष्ट्रिय टोपी दिवस र राष्ट्रिय पोशाक दिवस २०७८ को हार्दिक मंगलमय शुभकामना !!!

अंग्रेजी नयाँ  बर्ष २०२२, राष्ट्रिय टोपी दिवस र राष्ट्रिय पोशाक दिवस २०७८ को हार्दिक मंगलमय शुभकामना !!!                     

घोराही १७ पनौंरा, दाङ, नेपाल 


आज विशेष दिन
अन्तर्राष्ट्रिय र राष्ट्रिय पर्वको
एकीकृत पुनर्मिलन
त्रिकोणात्मक संयोग
अंग्रेजी नयाँ बर्ष २०२२
का साथ राष्ट्रिय टोपी दिवस र
राष्ट्रिय पोशाक दिवस २०७८ ।।१।।

विश्वव्यापी मान्यतामा
इश्वी सन् तथापि
विक्रम संवत् भन्दा
पौने सन्ताउन्न बर्ष
पछि जन्मेको कान्छो छ ।

नेपालमा नयाँ बर्ष
बिक्रम संवत् बैशाख १
राष्ट्रिय संवत् को रुपमा
ग्राह्य रहेको छ ।
भारतका प्रतापी राजा
बिक्रमादैत्यले चलाए
बिक्रम संवत् ।।
हाम्रा चाडपर्व
पाठ्यपुस्तक तिथि मिति
इतिहास लेखिएका छन् ।
तसर्थ असंशोधनिय
यथावत  रह्यो बिक्रम संवत् ।
तथापि
समानान्तररूपमा चलेका छन्
बिक्रम र इश्वीसंवत् ।
भारतमा अंग्रेज शासनले गर्दा
विस्थापित भयो उनको आफ्नै
मौलिकता निजत्वको बिक्रम संवत् ।
जस्ले जे मानेपनि
यस्मा केहि छैन विभेद ।
शक संवत्, त्रिभुवन संवत्
नेपाल संवत् हाम्रै पनि छन्
आफ्नै संवत् संवत् ।।२।।

टोपी शिरपोश हो
हाम्रो आफ्नै पहिचान
नेपालीको स्वाभिमान
सगरमाथाको देेेश
गौतम बुद्ध जन्मस्थल
नेपाली शिरको टोपी
हाम्रो सान साथै
आज राष्ट्रिय टोपी दिवस
यसैमा छ हाम्रो पुर्वजको
वीरताको नाम सम्मान ।।३।।

मयल पोश दौरा सुरुवाल
शिरमा ढाका टोपी
हामी वीर गोर्खाली नेपाली
हाम्रा पुर्वज महान ।
कसैको कहिल्यै भएन
पराधिन नेपाल
साम्राज्यवाद बेलायती अंग्रेजसँग
युद्धमा लडेका थिए हाम्रा पुर्वज
गोपाल, महिषपाल किराँत
लिच्छवि, मल्ल र शाहकाल
पश्चात् प्रजातान्त्रिक खुला समाज
लोकतान्त्रिक संघीय गणतन्त्र नेपाल ।।४।।

राष्ट्र र राष्ट्रियता
जननी समान महान
सार्वभौमसत्ता र स्वतन्त्रता
हुन् हाम्रो प्राण ।
व्यक्ति व्यक्ति संगठित
राजनीतिक दल विशेष
संकीर्ण र स्वार्थान्धता त्यागी
सदैव नेपाल आमा महान ।
राजनीतिक परिवर्तन भएपनि
धारणात्मक र भावनात्मक
स्वार्थ र गुटबन्दी हुनु
विडम्बना सिवाय
होईन हजुर केहि ।
सदबुद्धि आवस्
अंग्रेजी नयाँ बर्ष २०२२
राष्ट्रिय टोपी दिवस र
राष्ट्रिय पोशाक दिवस २०७८ को
हार्दिक मंगलमय शुभकामना !!!

✍️ वसन्तराज अधिकारी
घोराही १७ पनौंरा, दाङ, नेपाल
शुक्रबार १६ पुस २०७८ तदनुसार ३१ डिसेम्बर २०२२

Comments