३६६. अतृप्ति आशा जिन्दगानी………

अतृप्ति आशा जिन्दगानी………          

✍️ वसन्तराज अधिकारी
                                घोराही १७ पनौंरा, दाङ                           

जन्मका छौं यश धर्तीमा
एकदिन अवश्य मर्नैपर्छ ।
जन्मेपछी केहि नकेही
कर्म सबले गर्नु पर्छ ।।

चार दिनको जिन्दगानी
जन्म पश्चात् मरण ।
अजम्मरी जस्तो किन
मानिसले गर्ने गर्छ ।।

स्वप्ना जस्तैः मृत्यु हुन्छ
आभास सबैलाई छ ।
सपना पुनः व्युतिईन्छ
मृत्युु चिरस्थायी हुन्छ ।।

सपनामा पनि हुने गर्छ
कहिँले मृत्यु सरि दु:ख ।
तर स्वप्नावाट व्युझिदा फ़ेरि
हटिजान्छ सबै दु:ख ।।

तर मृत्युु पछिको सुख
कसरी प्राप्ति होला ? ।
शारीरिक सुख होईन भने
चैतन्य प्रधान तत्व रहला ।।

शरीर मर्छ पाञ्चमहाभौतिक
तत्वमा गै एकाकार मिल्छ ।
जस्तो रोप्यो तस्तै फल्छ
कर्म सदा साथै रहन्छ ।।

तत्व ज्ञान नभएर मतिभ्रम
कस्तो नशा रैछ पनि ।
भुलभुलैया संसार सपना
अतृप्ति आशा रैछ जिन्दगानी ।।

रचना तथा प्रस्तुति :
📝 वसन्तराज अधिकारी
घोराही १७ पनौंरा, दाङ
बिहिवार, पुस १५, २०७८

Comments