२६१. अतितका ती गौरव गाथा सजाई ह्रदयमा अब आफ्नै घर गाउँमा फर्की आए आमा ।।

अतितका ती गौरव गाथा सजाई ह्रदयमा
अब आफ्नै घर गाउँमा फर्की आए आमा ।।   

✍️ वसन्तराज अधिकारी
                  

उत्तम खेती मध्यम व्यापार अधम नोकरी
यही रुपमा देखिदैन पनि पेशागत बारखरी ।
उत्तम व्यापार मध्यम जागीर निम्न खेतीपाती 
वृत्ति पथ र आजिविका जागीरेको मति ।।१।।

कुलको बिद्या सदा उत्तम हुन्छ भन्छन्
मध्यम हुन्छ कृषि बाणिज्य र व्यापार ।
नोकरी चाकरी लाई भनिन्छ अधम मति
चोरी चकारी त झन महाअधम गति ।।२।।

स्वआर्जित धन सम्पत्ति उत्तम हुन्छ भन्छन् ।
पैत्रिक आर्जित भने हुन्छ मध्यम् ।
भाइ बन्धु आर्जितलाई  भनिन्छ अधम ।
स्त्रीजातिलाई दमन गरि हो रे महाअधम ।।३।।

अधम कोटि जागीर अब निवृत्त भएपछि
उत्तम भन्दा पनि माथी सर्वोत्तम भयो कि ।
स्वतन्त्र नागरिक  जीवनयापन अहोभाग्य
यसैमा सन्तोष र सुखान्त हुनु यथाशक्य ।।४।।

घरीघरी सपनामा पनि याद आइरहन्छ 
बाँके बर्दिया र काठमाडौ पुगिन्छ ।
अतितका दु:ख  अब भने सुख सरि हुन्छ
मानसपटलमा सुखका क्षण  बिस्मृत भैदिन्छ ।।५।।

अहा ! शानमान रोब रवाफ ठाँट बाँठ
सरकारी जागीरेको फुर्तिफार्ति थियो ।
त्यै मा पनि नेपाल सरकारको  स्थायी सेवा
उपसचिव प्रशासन सेवा भैदियो ।।६।।

मेहनत परिश्रमले योग्यता प्रणालीको
निजामती सेवा जागीर मैले पनि खाए ।
खरिदार, नायब सुब्बा र शाखा अधिकृत
तीन२ पटक लोक सेवा खुल्ला सफ़ल भए ।।७।।

मजगाउँको बड्का थारु गाउँ भयाँर सिरानमा
काजीसापको जमिनदारी छैन अब त्यहाँ ।।
नयाँ नयाँ बस्ती बस्यो नयाँ मान्छेहरु आए ।
खेतीपाती गर्ने जग्गा सबै प्लटिङ्ग भै दिए ।।९।।

वैदेशिक मजदुरी रोजगारीमा गै कमाएर धन
बनाएका छन् ठुला२ महल आलिशान ।।
कच्ची बाटो घोडा राङ्गा सवारीका साधन
पक्की बाटो बनेको छ अब शहरिया जीवन ।।१०।।

बालक काल जस्तो पुनः लाग्न थाल्यो फ़ेरि
तर छैनन् त्यो बेलाका साथ सँगी दौंतरी ।।
अतितका ती गौरव गाथा सजाई ह्रदयमा
अब आफ्नै घर गाउँमा फर्की आए आमा ।। ८।।                         °°°°°°°°°°°®®®®®°°°°°°°°°°°

✍️ वसन्तराज अधिकारी
घोराही १७ पनौंरा, दाङ
बिहिवार पुस सक्रान्ति २०७८ शुभम् ।


Comments