३५९. राजनीतिमा नैतिकता, पेशामा व्यवसायीकता । देखिदैन कहिँ कतै पनि, तब रुन्छ मन यता ।।

कटाक्ष ~कविता

राजनीतिमा नैतिकता, पेशामा व्यवसायीकता ।
देखिदैन कहिँ कतै पनि, तब रुन्छ मन यता ।।                           

✍️ वसन्तराज अधिकारी
    घोराही १७ दाङ, नेपाल

राष्ट्र हाक्ने सारथि छन्, राजनीति भित्र ।
यसै वाट दृष्टिगत हुन्छ, देशको मानचित्र ।।
स्थायी सरकार निजामती, प्रशासन भन्ने ।
थिति पद्धति नबसाली, बेलगाम चल्ने ।।
देश सबको साझा भए, सहभागिता खोइ ।
तानाशाही शैलीमा गर्ने, रैछ बलमिच्याई ।।
नैतिकताको लेश न छ, प्रजातान्त्रिक शैली ।
हाहाहुहु गर्ने गर्छन् यिनै, मच्चाई खैलीबैली ।।
कुरा भाषण ठुल्ठुला, दिशानिर्देश कतै छैन ।
छद्म यो चाला देख्दा, मनमा शान्ति भैन ।।
राजनीतिमा नैतिकता, पेशामा व्यवसायीकता ।
देखिदैन कहिँ कतै पनि तब, रुन्छ मन यता ।।
°°°°°°°®®®®°°°°°°°

Comments