३५८. भाइको गाई…………

भाइको गाई…………  

✍️ वसन्तराज अधिकारी
तुलसीपुर उपमहानगरपालिका वार्ड नं.१७ मजगैं, दाङ, नेपाल                                             

जहाँ म जन्मे हुर्के र पढे
त्यै माटो प्यारो छ ।
घोराही र तुलसीपुर बीचमा
मजगाउँ जहाँ छ ।।

सुदुर अतीत वालापन पुग्छु
जब मजगैं मजगाउँमा ।
साक्षात् आमा सरि छिन् यिनी
जन्मस्थल धर्ती आमा ।।

हिउँदे गहुँ मसुरो तोरी समेत
फर्किए रेखदेख गरि ।।
भाइको गाई बियाईरैछीन् 
खाएर गाईको बेहुती ।

📝 वसन्तराज अधिकारी
जन्मस्थल : तुलसीपुर उपमहानगरपालिका १७
मजगैं-मजगाउँ, दाङ, नेपाल
मंसिर २६, २०७८ रविवार

Comments