३५५. वातावरणमा पनि चिसो बढदैछ अब……

वातावरणमा पनि चिसो बढदैछ अब……          

✍️ वसन्तराज अधिकारी 
                 घोराही उपमहानगरपालिका दाङ, नेेपाल  
      

महिना मार्गशिर्षको मध्यावधि समय यो ।
अब चिसो चिसो मौसमको आगमन भयो ।।
खाना रुचिकर हुने निन्द्रा पर्ने आनन्दको ।
गर्मि भन्दा मलाई त ठन्डा समयनै निको ।।१।।

किराकाँठी न्यून देखिने यत्रतत्र जहाँकहिँ ।
न्यानो लत्ताकपडा  गरिबलाई सास्ती यही ।।
हिउँद महिना  रमणीय धर्ती धरा खुलापन ।
प्रकृतिको स्वच्छ  शितलतामा रम्छ मेरो मन ।।२।।

न हिलो न धुलो सफा सुकिला भै मानव ।
स्वकर्ममा समर्पित भै दैनन्दिन जीवन ।।
हिउँदमा बाली नाली खेतवारी हराभरा ।
कति सुन्दर रमाइलो गाउँ घर बस्ती सारा ।।३।।

चिसो हावा चल्छ यहाँ बिहान् र बेलुकीमा ।
अनिवार्य न्यानो कपडा पहिरिनु तनमा ।।
तातोपानी पिउनु र स्वस्थ्य खानपिन ध्यान ।
यति त अवश्य हुनैपर्छ हजुर सामान्य ज्ञान ।।४।।

ओमिक्रोन कोरोना नयाँ नयाँ  भेरियन्टमा ।
स्वास्थ्य मापदण्ड भौतिक दुरि राख्नुपर्ला ।।
शारीरिक अभ्यासमा बिशेष ध्यान दिई ।
खानपिन व्यायाममा निरन्तरता रहि ।।५।।

आफू बाँचौं अरुलाई बचाउँ यहि मुलमन्त्र ।
शासित मात्र हैन शाशकले बुझ्नु यहि सुत्र ।।
होशियारी बुद्धिमानी हुनेगर्छ सदा सुखी ।
बेहोशी र लापरबाही सदा हुन्छ दु:खी ।।६।।

मानव भै मानवताको गरौं व्यवहार दिग्दर्शन ।
सत्य न्याय धर्म पथमा बनौ सदैव समर्पण ।।
बिधि बिधान पद्धतिमा जीवनको छ मुल्य ।
अद्वितीय यस मानव जीवन रहेछ अमुल्य ।।७।।

मौसम परिवर्तन भैराछ प्रदुषण बढदोछ ।
मानिसलाई जीवन जीउन कष्टकर भैराछ ।।
नपुर्याए आहार बिहार ध्यान संयमित जीवन ।
व्यर्थ जान्छ जीन्दगानी रोगी र भइ जीर्ण ।।८।।

समयको चक्र सरि बुझ्नुपर्छ स्वयं गति ।
हामी पनि केहि बनाउँ जीवन रीतिभाँती ।।
चिसो प्राविधिक पक्ष न्यानो अप्राविधिक
संयोजनमा निर्णय हुन्छ सदा आशातित ।।९।।

स्वस्थ्य तन स्वस्थ्य मन चल्छ जीवन ।
मस्तिष्क र ह्रदयको राखि सन्तुलन ।।
नयाँ नयाँ रोग व्याधी याहांँ बढन सक्छ ।
वातावरणमा पनि चिसो बढदैछ अब ।।

📝 वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, नेपाल
शुक्रबार १७ मंसिर २०७८ शुभम् ।

Comments