३५२. यै धर्तीमा सुन फ़ल्छ, फ़ल्छ हिरामोती……

यै धर्तीमा सुन फ़ल्छ, फ़ल्छ हिरामोती……       

Me with Capacity Building Training Chinese Coordinator 
                         @ Bejing China 2019                            

आश्रय स्थल वा निवास
घर सबैको हुन्छ नै
कसैको ठूलो
कसैको सानो ।
अर्थात् महल र
झुपडी घर 
शहर बजारमा
डेरा घर पनि र
फ्लाइट वा
हाउजिङ पनि ।।
विदेश अर्थात् विशेषतः
जनगणतन्त्र चीनमा
आफ्नैं घर हुनेहरु 
अझ सरकारी जागीरे
ज्यादै धनीमानी र
भाग्यशाली मानिदारहेछन्  ।।१।।

चीन भ्रमणमा सन् २०१९
२ बर्ष पहिला गएको बेला ।
हाम्रो कोअर्डिनेटर
चीनिया सिस्टरसँग 
अनौपचारिक कुरा हुँदा
मेरो एक फ्लाइटको घर
गाउँको आफ्नै जग्गा जमिन र
परिवार अर्थात् श्रीमती
र एक छोरा र एक छोरी
देखाउँदा उनले भनिन्
व यु आर सो रिच
अर्थात् तपाईं त
धेरै धनी हुनुहुन्छ ।।२।।

अनि मैले अंग्रेजीमा 
आइ हैभ अ लिटिल होम एण्ड
स्माल लैण्ड म संग त केवल
थोरै जग्गा र सानो घर
मात्र छ भन्दा भन्दै
उनले अगाडि थपिन
वि हैभ नो लैण्ड एण्ड होम
आइ एभ अ लभली डटर
सि इज रिडिङ
नाईन थ क्लास
माई हस बैण्ड वर्क्स
अ प्राईभेट कम्पनी
वि हैभ अल लिभिङ
एट गबन्मेन्ट हाउजिङ ।।
देयर आर नो होम एण्ड लैण्ड
अफ चाईनिज पिपुल्स ।
दे आर रिच पर्सन
हु एभ वन होम एण्ड लैण्ड
युआर अल्सो गर्बन्मेण्ट
सिभिल सर्भेन्ट सो
यु आर टु मच लक्की ।।३।।

हामीसँग जग्गा जमिन र घर
केही पनि छैन
एउटा प्यारी छोरी छिन् जो
नौ कक्षामा पढ्छिन् ।
मेरो श्रीमान् एउटा
प्राईभेट कम्पनीमा
काम गर्नुहुन्छ ।
हामी त सरकारी
घरमा बस्छौं ।
याहा त धेरैको
आफ्नैं घर जग्गा हुँदैन
आफ्नै घर जग्गा हुने चाईनिज
धेरै धनिमानी मानिन्छन् ।।
तपाईं त सरकारी अफिसर
पनि हो धेरै भाग्यमानी ।।४।।

त्यतिबेला मैले आफ्नो घर र
परिवार सम्झेर
ह्रदय प्रफुल्ल बनाए ।
हामी मध्ये कतिलाई
आफुसँग भएको चिजको
महत्व छैन तर
त्यो धेरै मूल्यवान छ ।
हामी बिदेशमा काम गर्न जान्छौं
आफ्नो जग्गा जमीन बाझो राखि
परिवारलाई छोडेर
यै धर्तीमा सुन फल्छ, फ़ल्छ हिरामोती
कस्तुरी आफ्नै शरिरको
बिणा नचिनी भटकिदैछ
घनघोर बन जंगल भरी ।।५।।

--------°°°°°°°°-----------

Comments