३५०. खुशी आनन्द साथ अवकाशप्राप्त जीवन बिताई ।

खुशी आनन्द साथ अवकाशप्राप्त जीवन बिताई ।               

✍️ वसन्तराज अधिकारी 
                             घोराही १७ दाङ नेेपाल                              

यौवनमा मेहनत र लगनशील भै, निजामती सेवा शुरु गरे ।
जिल्ला क्षेत्र केन्द्र र स्थानीय तह, सम्म अनुभव बटुले ।।
इमानदारी लगनशील मिहिनेती, सदाचारी प्रतिस्पर्धी बनी ।
खुशीसाथ व्यतीत तीनदशक भन्दा धेरै, जागीर जीन्दगानी ।।१।।

सल्यान देखि सुदुर पश्चिम डडेल्धुरा, डोटी दिपायल ।
दाङ बाँके बर्दिया वाट पुनः काठमाडौं, उपत्यका शहर  ।।
स्थानीय सर्कारदेखि केन्द्रीय प्रशासन, सिंहदरबार सम्म ।
जहाँ गैयो रमाईयो "समदर्शी सुखी भवेत", दु:खसुख समान ।। २।।

घरपायक सिंह सरि बनि जागीर खान, नसकेर हो कि ।
राजनीतिक आशीर्वाद र नातावाद, नसाँधेर हो कि ।।
दूर दराज मोफसल र धेरै समय, सिंहदरबार तिर  ।
खुशीसाथ बिताईयो ती जागीर जीन्दगी, स्वर्णिम रहर ।।३।।

व्यक्तिगत चाहना र खुशी भन्दा, राज्यकै खुसीमा ।
जवानीका जोश जाँगर उर्जा खर्चे, स्वराष्ट्र सेवामा ।
गौरव लाग्छ सम्झिल्याउँदा अविस्मरणीय, छन् तिदिन ।
घरवास मिलाउनु साथ अब बनाउनु छ, योजना नवीन  ।।४।।

तृष्णा मोह इच्छा चाहना आशक्तता, कहिल्यै मेटिदैन ।
लक्ष्य उन्नयन गन्तव्य सन्तुष्टि अन्त्तपनि, शायद भेटिदैन ।।
जे जति भो प्राप्ति सुखद स्वअनुभव, ह्रदयमा सजाई ।
खुशी आनन्द साथ अवकाशप्राप्त, जीवन बिताई ।।५।।

📝 वसन्तराज अधिकारी
स्वनिवास : घोराही १७ दाङ नेपाल
आइतबार, कार्तिक २८, २०७८ शुभम् ।

Comments