३४९. अन्ततः घर फर्के………

अन्ततः घर फर्के………  

✍️ वसन्तराज अधिकारी
                  घोराही उपमहानगरपालिका १७ दाङ, नेपाल 

अठार बर्ष उमेरदेखि 
घर छोडेर हिंडेको ।
चालिंसौं बर्ष
व्यतीत भएछ ।।
थाहै नपाई
उत्तम राष्ट्र सेवा ।
नेपाल सरकारको
सरकारी जागीरमा ।।१।।

घर अनिवार्य रैछ
झन बुढेसकालमा ।
राजधानीको झिलिमिली
लोभिएन मन ।
आफ्नैं थात थलो
फर्किएर आए ।।
आफ्नो माटोमा
व्यतीत हुन्छ अब ।।२।।

पच्चिसौं बर्षसम्म
राजधानी बसियो ।
दु:ख सुख भोगियो
डेरा जिन्दगी ।।
अब आफ्नो
अपनत्व गौरव । 
आफ्नैं घरमा
रमाएर बसिन्छ ।।३।।

सन्तोष खुशी
सीमित इच्छाशक्ति ।
अतृप्ति भोग
वासना मोह ।।
दु:खका कारण
नश्वर जीवन ।
कहाँ छ र ?
पुर्णतः जीवन ।।४।। 

घर छोड तर
घर नबिर्स ।
मननीय वाणि
सत्य वचन ।।
सार्थक भएछ
गम्दै छु चिन्तन ।
खुशी आनन्दमा
अन्ततः घर फर्के ।।५।।

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका १७ दाङ
मंगलबार ०९ कार्तिक २०७८ शुभम् ।

Comments