३४७. चलिरहेछ दशैं = दशा !?

चलिरहेछ दशैं = दशा !?

पारिवारिक बडा दशैं २०७८ 
                 घोराही उपमहानगरपालिका १७ पनौंरा, दाङ                 

घट्टस्थापना देखि प्रारम्भ
नवरात्र सकियो ।
बडा दशैंको मुख्य दिन
बिदाई गरियो ।।१।।

भित्रीमधेसको समतल फाँट
हाम्रो दाङ उपत्यकामा ।
पुर्णिामा सम्म मनाईन्छ
मुख्य चाड बडा दशैं ।।२।।

टाढा२ बाट भ्याइनभ्याई
आउने ज्वाइँ चेलीहरु ।
सबै पारिवारिक विरादरीमा
भेटघाट चलिरहन्छ ।।३।।

जनसेवाका कार्यालयहरु
खुलेका छन् तथापि  ।
कोजाग्रत पुर्णिामासम्म
बडा दशैं मनाईन्छ ।।४।।

यो बर्ष बडादशैं २०७८ शुरूवात
सुखद रहेपनि अन्ततः ।
दक्षिण भारत केरलाको
सक्रिय मनसुन दु:खद ।।५।।

किसानका स्वर्णदाना
धानखेती छन्  डुबानमा ।
अदृश्य इन्द्रजीलाई पुकारा
सिवाय छैन सहारा ।।६।।

प्रकृतिको अनियमितता
कात्तिके भीषण झरीमा ।
निराशापुर्ण दु:खमा छन्
सारा किसान जनता ।।७।।

अदृश्य प्रकृति वा ईश्वर
बलशाली किन्तु अविवेकि भए ।
मानव जीवन लाख कोशिश
बाबजुद त्राहिमाम् छ ।।८।।

कहिले कोरोनाको भयावह
अकालमा मानव मृत्यु ।
बाढी पहिरो र अति वृष्टि
कष्टकर भैरहेछ जीवनगति ।।९।।

अब त यस्तो लाग्न थाल्यो
जीजीबिषा नै जीवन रहेछ ।
दु:ख र मृत्यु कति सुलभ रह्यो ?
मानवजाति चीत्कार गरिरहेछ ।।१०।।

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका १७ दाङ
रचना मिति : असोज शुक्ल त्रयोदशी सोमबार ०१ कार्तिक २०७८ तुला संक्रान्ति २०७८

Comments