३४५. तीन त्रिभुज कविता

तीन त्रिभुज कविता

लम्साल ल फर्ममा अधिवक्ता श्री मेघराज लम्सालसँग म           घोराही उपमहानगरपालिका - १५ दाङ, नेपाल  

१. के म साच्चै बूढो भए ?!

शिक्षक र निजामती सेवा
जागीर गर्दै आएँ ।
काठमाडौ र  मोफसलमा
चारदशक विताएँ ।।१।।

अन्ठाउन्न बर्ष उमेर हद
अनिवार्य अवकाश पाएँ ।
अहिले झल्याँसै सम्झिल्याउँदा
के म साच्चै बूढो भए ?! ।।२।।

कपाल दाढी सेताम्मे छन्
तन मन तन्नेरी छ ।
अझै बिसौ बर्ष सम्म
केहि गर्ने जोश छ ।।३।।

२. करिब एक हप्ता नयाँ काममा…

नयाँ पेशा वकिलको
सुरुआत गर्न ।
फर्की आए आफ्नै
गृह जिल्ला दाङ ।।१।।

प्रारम्भिक सुरुआत छ
दरखास्त प्रतिउत्तर ।
आफ्नै पुर्व अनुभव
मालपोत भूमिसुधार ।।२।।

रमाइलो गफगाफ भेटघाट
मुद्दा वादी प्रतिवादी ।
मोही जग्गाधनी मिलापत्र
आपसी समझदारी ।।३।।

३. घर बस्दाको खुशी…

पहुँच र शक्ति लगाई राजनीति मिलाई ।
जीवनभर पाईएन जागीर खान घरपाई ।।
अनिवार्य अवकाशप्राप्त भएपछि घर ।
व्यतीत भो पच्चिसौं बर्ष काठमाडौ शहर ।।१।।

प्युठान सल्यान डोटी दिपायल दार्चुला तिर ।
बाँके दाङ बर्दिया र पुनः काठमाडौ शहर ।।
अहिले नि जागीरमा कोहि बोलाउँछन् कि ।
झस्किरन्छु कहिलेकाही अतितलाई सम्झी ।।२।।

आनन्द स्वतन्त्रमा छु अब म छैन टण्टा जागीर ।
मस्तसँग घुम्नु हिड्नु जस्तैः योगी साधु फकिर ।।
रमाउँदैछु नेपाल सरकारको सेवावाट रिटायर्ड पाई ।
नयाँ पेशा सुरुआत गर्दै पनि छु कानुन व्यवसायी ।।३।।

✍️ अधिवक्ता वसन्तराज अधिकारी
@ लम्साल ल फर्म घोराही -१५ दाङ
आइतबार २४ असोज २०७८ शुभम् ।

Comments