३३४. छाडदैछु संघीय राजधानी शहर । आउँदैछु आफ्नै राजधानी नगर ।।२

छाडदैछु संघीय राजधानी शहर ।
आउँदैछु आफ्नै राजधानी नगर ।।२              

Me वसन्तराज अधिकारी with श्रीमती एशोदा अधिकारी

जसरी आएँ नि त्यसरी नै छाडदैछु शहर ।
पच्चिसौं बर्ष व्यतीत भयो पुग्यो नि रहर ।।१।।

बत्तीस तेत्तीस बर्षको जवानी ।
अध्ययन र वृत्ति साथमा लिई ।।२।।

काठमाडौं शहर आएको त्रिपन्नदेखि
अठहत्तरसम्म पच्चीस बर्ष भो ।।३।।

नेपाल सरकारको सुब्बाको पदमा
सरुवा भै आएको ।
शहरको झिलिमिली घर र घडेरी
देखेर लोभिईन ।।४।।

अन्ततः आफ्नै जन्मभुमि दाङ ।
फर्केर जाने सोंच किमार्थ बदलिन ।।५।।

एक आना जमीन जोडेन मैले जायदात सम्पत्ति ।
उच्च शिक्षा पढे वृत्ति बढाए, सन्तति पढाइ हुर्काए ।।६।।

पश्चाताप छैन किमार्थ पनि लोभ लालच लागिन ।
सादा जीवन महान सोंच कहिले नि त्यागिन ।।७।।

खुशीका साथ फर्कन्छु दाङ आफ्नै थात थलोमा ।
पच्चिसौं बर्ष बसेर पुग्यो कान्तिपुर शहरमा ।।८।।

छाडदैछु संघीय राजधानी शहर ।
आउँदैछु आफ्नै राजधानी नगर ।।२

हाकिम भै दाङ, डडेल्धुरा, बाँके र बर्दिया ।
करिब आठ बर्ष घुमेको छु आफ्नै भुमिमा ।।९।।

झिटी र गुन्टा परिवार साथ लिएर आएको ।
सोही रितमा बुढा र बुढी घर फर्कने तयारी भएको ।।१०।।

निजामती सेवा निवृत्त भयो स्वव्यवशाय गर्दछु ।
सलाम गरि संघीय राजधानी शहर आफ्नै राजधानी फर्कन्छु ।।११।।

केहि दिन अब तयारी गरि जाँदैछु घरमा ।
अत्याश लागे अवश्य भेटन आउँछु यो शहरमा ।।१२।।

छाडदैछु संघीय राजधानी शहर ।
आउँदैछु आफ्नै राजधानी नगर ।।२

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ
@ कीर्तिपुर, काठमाडौं, नेपाल ।
[सोमबार २१ भाद्र २०७८ शुभम्]

Comments

  1. सुन्दर यथार्थवादी रचनाका लागि रचनाकारलाई हार्दिक सलाम ❤️💗🌻🌷🏡

    ReplyDelete
  2. सुन्दर यथार्थवादी रचनाका लागि रचनाकारलाई हार्दिक सलाम ❤️💗🌻🌷🏡

    ReplyDelete
  3. सुन्दर यथार्थवादी रचनाका लागि रचनाकारलाई हार्दिक सलाम ❤️💗🌻🌷🏡

    ReplyDelete

Post a Comment