३३३. मेटाउने कोशिश । गर्दैछु अब । पुराना यादहरु ।।

मेटाउने कोशिश ।
गर्दैछु अब ।
पुराना यादहरु ।।  

✍️ वसन्तराज अधिकारी
                         घोराही उपमहानगरपालिका, दाङ
                           @ कीर्तिपुर, काठमाडौंं, नेपाल 


जीवन जीजिबिषा
शाश्वत सत्य ।
दु:खान्त दर्शन ।।१।।

बिजिगिषा बन्यो
काल्पनिक चिन्तन ।
सुखवादी जीवन ।।२।।

तीन बिसको संघारमा
पदचाप राख्दा ।
छर्लङ्ग हुँदैछ जीवन ।।३।।

सुखान्त होस् वा दुखान्त
गर्नुछ अब विस्मृत ।
तब मिल्नेछ अमृत ।।४।।

भुल्न खोज्दैछु अतीत
यथार्थ  वर्तमान ।
उप्रान्त दु:ख सुख समान ।।५।।

संसार मायाजाल
भोग्नुपर्ने काल ।
त्यागेर मोहजाल ।।६।।

म र मेरो निजीत्व
तृष्णा तुच्छ ।
रोज्नु छ बिशाल ।।७।।

अतृप्ति संसार
जीवन उपहार ।
हुँदैन सदाबहार ।।८।।

धर्ती हरियाली
निल गगन ।
वितोस् मस्तमगन ।।९।।

मेटाउने कोशिश
गर्दैछु अब ।
पुराना यादहरु ।।१०।।

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ
@ कीर्तिपुर, काठमाडौं, नेपाल ।
[शनिबार १९ भाद्र २०७८ शुभम्]

Comments