३४३. जीवनयात्रा : एक दृष्टिकोण

 जीवनयात्रा : एक दृष्टिकोण            

✍️ वसन्तराज अधिकारी 

जवानीको तागत साथ, यो तनमा तातो रगत छैन अब ।

अनुभव सुझबुझ युक्त, बृद्धअबश्था तर्फको यात्रा तिर ।।

सुखदुःख जीन्दगीको भोग भोग्दै, जीवनयापन गर्ने  न हो ।

जन्म मरण सृष्टि चक्र, जीवन कथा एक यात्रा त हो ।।१।।


व्यतीत ती छरपस्ट लथालिङ्ग अतीतका, बक्रोक्ति सरि भोग । 

कोहि कसैसँग कतै केहि छैन, अब गुनासो र दु:ख खेद ।।

समयको वेगवान गति प्रवाहमा, बग्दै बग्दै जानू रैछ आखिर ।

जहाँ सम्म प्रारब्ध धर्म कर्म भोग, डोर्‍याएर लान्छ तक्दिर ।।२।।


कोहि पनि जन्मसँगै यहाँ  सम्पन्नता, वैभव लिएर आएन क्यै ।

प्रारब्धले निर्धारित कुल खानदान, स्ववशमा अघि थिएन है ।।

गरिबहरु पुरुषार्थले धनी भए, धनीमानी पनि  गरिब बन्दै गए ।

सामाजिक संरचना द्रुतगतिमा, तासको खेल जस्तैः भैरहे ।।३।।


आयु कर्म वैभव विद्या र अन्ततः मृत्यु, सम्मका बिषयका कुरा ।

भाग्यमा नै लेखिन्छ सबै भन्छन्, जति भोग हो त्यति सुरापुरा ।।

हो कि जस्तो पनि लाग्छ बल गरेर, कस्लाई कहिले पुग्छ हो र ।

जति भोगे पनि तृप्त नहुने वासनाको, अमिट तृष्णा रहेछ रहर ।।४।।


जीवनयात्रा दृष्टिकोण प्रत्येकका फरकफरक पनि हुन् सक्छन् ।

जस्को जस्तो अनुभुति त्यस्तै रङ्गमा, अभिव्यक्ति पनि लेख्छन् ।।

सार अर्थ जीवनको दृष्टि  एउटा तथ्य, सर्वथा नै हुने रैछ ध्रुवसत्य ।

जाग्रत  अवस्था पनि सुषुप्त र स्वप्ना जस्तैः रहेको छ अनित्य ।।५।।


✍️अधिवक्ता  वसन्तराज अधिकारी

घोराही उपमहानगरपालिका १७ पनौंरा, दाङ 

आइतबार १० असोज २०७८ शुभम् ।

Comments