३४२. आज राती सपनीमा पनि, जागीरकै झल्को पाए

आज राती सपनीमा पनि, जागीरकै झल्को पाए ।

✍️ वसन्तराज अधिकारी
                   घोराही उपमहानगरपालिका, दाङ, नेपाल 

निवृत्तको करिब छ महिना भो,  झल्को जागीरको ।
सन्तोषम् परम सुखम्,  जीवन व्यतीत भाको ।।१।।

आज राती सपनीमा पनि देखे, सरुवा भैराको ।
नयाँ ठाउँ परिवेश झल्को, काठमाडौं शहरको ।।२।।

बिहानमा उठ्दा रै छु म त, आफ्नैं बिछ्यौनामा ।
सेवा निवृत्त जीन्दगानी, उषाकाल सन्तोष मनमा ।।३।।

जागीरको उत्तरार्ध अनुभुति, पाए सपनिमा पनि ।
वातावरण परिवेश परिवर्तित, साथीभाइ अनि ।।४।।

बिजिगिषा त्याग गरि आफ्नै, गाउँ फर्की आएँ ।
आज राती सपनीमा पनि, जागीरकै झल्को पाए ।।५।।

✍️ वसन्तराज अधिकारी
स्वनिवास : घोराही उपमहानगरपालिका १७ पनौंरा
शुक्रबार १७ मंसिर २०७८ शुभम् ।

Comments