३२३. ३० बर्ष पहिलाको मेरो SEIKO 5 घडी

३० बर्ष पहिलाको मेरो SEIKO 5 घडी 

✍️ अधिवक्ता श्री वसन्तराज अधिकारी 

घडी समय सुचक हो ।
जुन निरन्तर चलिररहन्छ ।।
रोकिदैन कहिले पनि ।।१।।

घडीले  शिक्षा पनि दिन्छ ।
जीवन गति सदैव निरंतरता ।।
सक्रियता र गतिशीलता ।।२।।

हाम्रो जमानामा चलेको ।
यहि हो साईको फाईब घडी ।।
बायाँ नाडीमा घुमाउँदा ।।३।।

एउटा छुट्टै सान मान र
रोब रबाब उमंग हुन्थ्यो ।
वाह ! साईको फाईब घडी ।।४।।

हिजोआज त स्मार्ट वाच ।
जस्ले मात्र समय दिंदैन ।।
बहुउपयोगी रहेको छ ।।५।।

आज म मेरो ३० बर्ष पहिलाको ।
साईको घडीलाई व्यागवाट ।।
झिकेर नियालेर हेर्दैछु ।।६।।

यो चल्न छोडेको पाँच बर्ष भयो ।
यसको मलाई धेरै माया लाग्छ ।।
श्रीमतीजीसँगको बिबाहमा पाएको ।।७।।

दुईहजार उनन्चास साल बैशाख महिना ।
त्यतिबेला यस्को मुल्य तीनहजार पर्दथ्यो ।
पुरापुर करिब पच्चीस बर्षको प्रयोग ।।८।।

अब त यो प्रयोग बिहिन रहेकोे छ ।
यहि नै साक्षी इतिहास बनेको छ ।।
यो घडीको धेरै उपयोग भयो ।।९।।

विश्व बिद्यालयका उच्च शिक्षा परीक्षा र
आयोगका प्रतिस्पर्धात्मक परिक्षामा ।
अगाडि राखी बसेर लेखिन्थ्यो ।।१०।।

समयको महत्व यसले बुझाउँदै ।
सफ़ल  साथै सक्षम बन्ने कला दियो ।
घडीको महिमा अपार रहेछ  ।।११।।

हिजोआज मोबाईल सेलफोनमा ।
घडी मात्र हैन सबै चिजबिज छन्  ।।
रेडियो, अलार्म आदि ईत्यादी ।।१२।।

तर पनि सारमा घडी घडी नै हो ।
यद्यपि साईको फाईब घडी बिग्रेपछि ।।
मैले घडी एकाध बाँधे चित्तै बुझेन ।।१३।।

साईको फाईब जस्तो घडी कुनै भएन ।
तसर्थ, अब घडी बाँधदै बाँध्दिन ।।
तर भित्र भित्रै घडीको माग छ ।।१४।।

कहिलेकाही मनमा पनि उठछ ।
अलि राम्रो घडी बाँध्नुपर्छ होला ।।
एकपटक राडो पनि बाँधेर हेरे ।।१५।।

अहँ कसैमाथि मनचित्त गएन ।
सुझाउनुस् है मेरा मित्रहरू ।।
यहाँहरुलाई जानकारी भए ।।१६।।

✍️ अधिवक्ता श्री बसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ
@ कीर्तिपुर, काठमाडौ, नेपाल ।
[ बिहीबार ३ भाद्र २०७८ शुभम्]                                              

 ३० बर्ष पहिलाको मेरो SEIKO 5 घडी 

Comments