३१९. मुक्तक कविता, टुक्का विविध सङ्गालो

मुक्तक कविता, टुक्का विविध सङ्गालो      

📝 वसन्तराज अधिकारी
                          घोराही उपमहानगरपालिका, दाङ 
                          @ कीर्तिपुर, काठमाण्डौंं, नेपाल 



१. यो कलम गल्दैन

म यो देशको कलम बोकी हिंडने सिपाही हुँ ।
शिक्षा फुलबारीको एक पौरखी माली हुँ ।।
हतियारको शासन चल्छ कलमको चल्दैन ।
मेसिनगन भन्दा शक्तिशाली मेरो कलम गल्दैन ।।

२. लडका लडकी संवाद

लडका

सिङ बलाके भैंस सोहबे,
पुछ बलाके घोडी ।
मुछ बलाके मरद सोहबे,
रुप बलाके गोरी ।

लडकी

दूध बलाके भैंस सोहबे,
चाल बलाके घोडी ।
बोल बलाके मरद सोहबे,
चरित्र बलाके गोरी ।।

३. मैथिली कहावत

पढा फारसी बेचा तेल ।
देखो भाइ करमका खेल ।।

बच्चामे मुहमे दूध
जवानीमे हाथपे दूध
बुढापेमे गिलासमे दूध ।।

४. एक मजदुर बोली
दुखाइ मान्छेका दिल,  थुपार्छौं सम्पत्ति भने ।
टिकौंला कति दिनसम्म,  सोंच पैले दिमाकले ।।
मोटा छौं धनी छौं आज,  तर भोलि समाजमा ।
निर्वाङ्ग टुहुरो बन्दा,  मुख देखाउने कहाँ ? ।।

५. सन्देश कविता

माला थाप्ने गला होईन ।
भारी बोक्ने खुट्टा बन ।।१।।

झुपडी मिल्काउने हुरी होईन ।
पहाड सम्याउने भुकम्प बन ।।२।।

गहना बन्ने सुन होईन ।
रेलगाडी बन्ने फ़लाम बन ।।

बेश्या बन्ने सुन्दरी होईन ।
सहयोध्दा बन्ने विराङ्गना बन ।।

भौतिक संरचना ध्वस्त पार्ने क्रान्ति होईन ।
मानवताप्रति संवेदनशील बन्ने शान्तिदुत बन ।।

नोकर बन्ने शिक्षित होईन ।
सेवक बन्ने दिक्षित बन ।।

६. ……………झुक्दैन यो स्वाभिमान

स्वाभिमानी कर्मचारी गर्न जान्दैन चाकरी ।
बुझ्नेले मर्म बुझ्दैन के गरि गर्नु जागिरी ।।
लगाए खान पुग्दैन खाए पुग्दैन लाउन ।
चुत्थो जागीरको निम्ति झुक्दैन यो स्वाभिमान ।।

७. ………रुन्छु मनै मन

नाम मात्तरै घनघस्याको लेक ठूलो कस्याको ।
सम्झिरह्या बिसर्या जन एकसाथ बस्याको ।।
सौकेनी तरेका घाट सौ को तरौ जन ।
भिट होईझौं बरख दिनमा माया मारौं जन ।।
राम चन्दर सीताको टोली गयो बनै बन ।
सम्झन्छु जैबेला तिमी रुन्छु मनै मन ।।

📘 वसन्तराज अधिकारी
घोराही उप.मनपा, दाङ
@ कीर्तिपुर, काठमाडौं, नेपाल
[सोमबार २५ श्रावण २०७८ शुभम्]

Comments