३२०. तीन टुक्रा मुक्तक कविता

तीन टुक्रा मुक्तक कविता     

 देवढोका, कीर्तिपुर र भिराडिल काईके साकुरा पार्क चन्द्रागिरी नगरपालिका १५ तिनथाना, काठमाण्डौं, नेपाल ।

✍️ वसन्तराज अधिकारी 


घुमफिर जीन्दगीको मजा यसैमा छ ।
गतिशीलता भए मात्र रमाईलो हुन्छ ।।१।।

स्वच्छ हावा प्राकृतिक अनुपम शान्ति ।
शरिरिक स्फुर्ती साथ मुहारमा कान्ति ।।२।।

खाना रुच्छ मीठो निन्द्रा आनन्द आउँछ ।
ह्रदयमा प्रफुल्लता जीवन मुस्कुराउँछ ।।३।।

📘 वसन्तराज अधिकारी
@ कीर्तिपुर, काठमाडौं, नेपाल 
सोमबार २५ श्रावण २०७८ शुभम् ।

Comments