३१८. व्युझेको बटुवा क्षितिज पुरमा यो दृढ संकल्प लि…………

व्युझेको बटुवा क्षितिज पुरमा यो दृढ संकल्प लि…………     

📘 वसन्तराज अधिकारी
                घोराही उपमहानगरपालिका, दाङ, नेेपाल 
                     @ कीर्तिपुर, काठमाडौं, नेपाल 


हप्ता वार दिन साल र महिना, घुम्छन् यि चारैतिर ।
कहिले दग्ध दिने चसक्क मुटुमा, पुनः वायु सिर्सिर ।।
घाउ बाहिरको देखिन्छ जसरी, अन्तर पीडा वेदना ।
गुप्त राखिकन याहाँ ज्युन को, सक्छ देखाउन ? ।।१।।

आफै सूक्ष्म गवेषण गरि, अनन्त उर्जा र सम्भावना ।
सार्थक उद्देश्य लिएर अन्तर्मनमा, हर्दम रहि स्वचिन्तन ।।
गर्न के सक्दछु  स्वयं प्रकाशित बनि, नुतन संवाहक ।
दृढसंकल्प कर्तव्यबोध, सच्चा राष्ट्रसेवक स्वजागरुक ।।२।।

मानिस उहीँ विवेक समान,उसमा वातावरण फ़ेरियो ।
लक्ष्य नीति र उद्देश्यहरुमा तात्विक, प्रतिकुल के थियो ? ।।
आत्मा अबोध स्वच्छ प्रभात नभमा,बल्दो ज्योति सरि ।
व्युँझेको बटुवा क्षितिज पुर, यो दृढ संकल्प लिई ।।३।।

📝 रचना : वसन्तराज अधिकारी
महाकाली नदी किनार दार्चुला, २०५१
📘 जागीरे- यात्रा आफ्नै सिर्जनाहरुको सङ्गालो (अप्रकाशित कृति) वाट साभार

Comments