३२२. प्रगतिशील गीत रक्सी तेरो अब गर्दिन संगत। चिने मैले तेरो असली स्वरुप ।।२

प्रगतिशील गीत ❣️🌹🌻🙏📘

रक्सी तेरो अब गर्दिन संगत।
चिने मैले तेरो असली स्वरुप ।।२

📘 वसन्तराज अधिकारी 
                  घोराही उपमहानगरपालिका, दाङ, नेपाल 
                         @ कीर्तिपुर, काठमाडौं 


धेरै दिन भट्टी भित्र भयो चिनजान ।
अमृत झै मानि तँलाई लागे मैले खान ।।१।।

होस् हवास् उडाएर पारिस मलाई झल्ल ।
आँखा खुल्यो धेरैपछी चिने मैले बल्ल ।।२।।

रक्सी तेरो अब गर्दिन संगत।
चिने मैले तेरो असली स्वरुप ।।

बोत्तल भित्र बस्दा सम्म हुन्छस् पानी जस्तो ।
पेट भित्र पुगेपछि गर्छस् हल्ला कस्तो ।।३।।

सबै सँग खोंचे थापी खोज्छस् तैंले निहुँ ।
चिने मैले तँ त रैछस् झगडाको बीउ ।।४।।

रक्सी तेरो अब गर्दिन संगत।
चिने मैले तेरो असली स्वरुप ।।

सताउँछस् बाटा बिचमा धेरै खाँदा खेरी ।
वाक्क विक्क बनाउँछस् बिस्तारै फ़ेरि ।।५।।

शरीरमा उठाउँछस्  रोग नाना थरी ।
तेरो संगत गरेछु म के को दशामा परि ।।६।।

रक्सी तेरो अब गर्दिन संगत।
चिने मैले तेरो असली स्वरुप ।।

तैंले गर्दा गैह्री खेत बन्दकमा गयो ।
तैरिन तिरिएन अझ बाँकी रह्यो ।।७।।

तेरो संगत गरेपछि फुँके धेरै धन ।
सम्झिल्याउँदा ठेगानमा रहदैंन मन ।।८।।

रक्सी तेरो अब गर्दिन संगत।
चिने मैले तेरो असली स्वरुप ।।

होस् हवास् गुमाएर घर आउँदा खेरी ।
डराएर पर पर भाग्छन् छोराछोरी ।।९।।

गहभरी आँसु झिकी दुई पाउ छुँदै ।
रक्सि खान छोडनुस् भन्छिन् श्रीमतीले रुँदै ।।१०।।

रक्सी तेरो अब गर्दिन संगत।
चिने मैले तेरो असली स्वरुप ।।२

📘 संकलन : वसन्तराज अधिकारी
दिपायल, २०५०

Comments