३२७. केहि मुक्तक शायरीहरु : चालिसको दशकका मेरो आफ्नै डेली डायरीवाट केहि मुक्तक र शायरीहरु

केहि मुक्तक शायरीहरु :

चालिसको दशकका मेरो आफ्नै डेली डायरीवाट केहि मुक्तक र  शायरीहरु              

📝 संकलन तथा लेखन : वसन्तराज अधिकारी 
               घोराही उपमहानगरपालिका, दाङ, लुुुम्बिनी प्रदेश 
                          @ कीर्तिपुर, काठमाडौंं, नेपाल 


१. नेपाली मुक्तकहरु

अनैतिकताको साथ लिई जीत हुनुभन्दा
भौतिकताको साथ लिई हार हुनु बेश होला ।
सुर्य अगाडिको चन्द्र भन्दा
अँध्यारो रातको तारा नै बेश होला ।।१।।

प्रेम वासनाका लागि होईन
जीवनका लागि गरिन्छ ।।२।।

फुल भनी झट्ट समात्न नखोज
काँडा बिज्न सक्छ ।
प्रेम भनी मुटु नसाट
धोखा पाईन सक्छ ।।३।।

चन्द्रमाको प्रकाश चन्द्रमासँग रहन्छ
तारासँग हुँदैन ।
प्रेम एकजनासँग हुन्छ
हजार सँग रहन सक्दैन ।।४।।

सुर्य जस्तो तातो होईन
चन्द्र जस्तो शितल बन ।
काँडा जस्तैः बिझाउने होईन
फुल जस्तैः कोमल बन ।।५।।

सुर्य उदाउने बिहानी पख
चन्द्र उदाउने रातीमा ।
बिछोड हाम्रो भएतापनि
सम्झना रहनेछ छातीमा ।।६।।

चङ्गा उड्छ आकाशमा
डोरी मेरै हातमा ।
तिमी ज्यादै नहडबडाउ
म छु तिम्रै साथमा ।।७।।

तिमीलाई खोज्दै हिडे
कहि मैले पाईन ।
तिमीलाई सम्झदा मेरो आँशुले
बाटो नै पाएन ।।८।।

फुलबारीमा धेरै फुलहरु छन्
तर मन परेको हुँदैन ।
माया भेटमा मेटिन्छ
तर पत्रले मेटिदैन ।।९।।

थिए बन्धनहरु केही अनौठा
फुकेर नगै दिएका भए ।
बगेका आँसु प्रमाण हुने थिए
सुकेर नगै दिएका भए ।।१०।।

समुन्द्रमा पानी धेरैछ अनि
गाग्रीमा भरेर सकिँदैन ।
आत्मामा माया धेरै छ तर
कापीमा कोरेर सकिँदैन ।।११।।

कति बेर कुरे कति बेर पर्खे
म तिम्रो आशामा ।
कहिल्यै पनि बोलिनौं तिमी
प्रेमको भाषामा ।।१२।।

छहारीमा राखुँला तिम्लाई
महलमा राख्न सक्दिन ।
तिमी हिड्ने बाटोमा फुलहरु छरिदिन्छु
सुनचाँदी विछाउन सकिन ।।१३।।

साथी तपाईं लालिगुराँश भएर फुलिदिनुस्
म टिपेर लगाईदिनेछु ।
तपाईंको हर पाईलामा सफ़ल होस्
भन्दै कामना यहि गर्दछु ।।१४।।

डाँडा काँडा पहाड र पहरा
खोला र बाढी आईरहन्छन् ।
जीन्दगी हाम्रो यस्तै हो
मिलन र बिछोड भैरहन्छन् ।।१५।।

कोपिला होईन फुल टिप
टिपेर पछि नपछुताउ ।।१६।।

तिम्रो हर पाईलामा म साथ दिन्छु ।
भुलेर मलाई नजाउ ।।१७।।

यो जिन्दगी दुई दिने घाम छाया जस्तो ।
रिझाई रहने मायामा सम्झना जस्तो ।।१८।।

तारा जस्तो मधुरो होईन
सुर्य जस्तो तेजिलो बन ।
नारी हौं भनि दवि नबसौं
पुरुष झै साहसी बनौं ।।१९।।

बाँच साथी तिमी म तिम्रो
मृत्यु रोकि दिन्छु ।
हाँस साथी तिमी हाँसो
संसार भरी फिजाउँ ।।२०।।

सधैं दु:खी नहोउ तिमी
म तिम्रो दु:ख लिईदिईरहन्छु ।
सुखी बन साथी तिमी
म तिम्रो साथ दिन्छु ।।२१।।

फुल गुलाफको मात्र हुँदैन
कागजको पनि हुन् सक्छ ।
प्रेम सधैं सफ़ल हुन्छ भन्ने हुँदैन
असफल पनि हुन्छ ।।२२।।

प्रेम मात्र भएर के गर्नु
त्यहाँ धोकै धोकाले भरिएको हुन्छ ।
बरु घृणा नै देउ मलाई
जो सधैं सत्य हुन्छ ।।२३।।

प्रेम गर्ने यस्तो रोग हो
जस्को उपचार संसारमा छैन ।
प्रेम गर्नु नै भविष्य विगार्नु हो ।।२४।।

फुलको जीवन कोपिलासँग
विद्यार्थीको जीवन शिक्षा सँग ।।२५।।

वसन्त मात्र हुँदो रहेनछ
आउँदो रहेछ शरद पनि ।
मिलन मात्र हुँदो रहेनछ
आउँदो रहेछ बिछोड पनि ।।२६।।

आँशुले मात्र भरिएको यश मतलवी संसारमा
बाँचेर मात्र के गर्नु छ र ?
बाँचुञ्जेल पनि सबैलाई ममता
दिने कोशिश गर ।।२७।।

के दिउँ साथी म तिमीलाई
छैन म सँग हिराको हार ।
भनी देउ सदाको लागि
यो सानो उपहार ।।२८।।

के पो छ र यो संसारमा अजम्मरी
कुनै दिन मरेर जानुछ ।
दिने चिज केहि छैन अहिले
केवल ह्रदयभरी प्यार छ ।।२९।।

टाढा धेरै टाढा भएतापनि
कुनै दिन याद गर ।
मलाई भेट नभएपनि
उहीँ वचनलाई प्यार गर ।।३०।।

मानव हौ त्यसैले भुल्ने नगरे
आउला याद कहिले काहीँ रुने नगरे ।।३१।।

मिलाई दिनु त्यो मेरो याद थियो तिम्रो हाँसोमा ।
होला भेट कहिले काहीं पुर्नमिलनमा ।।३२।।

माला थाप्ने गला होईन भारी बोक्ने खुट्टा बन ।
गहना बन्ने सुन होईन रेलगाडी बन्ने फलाम बन ।।३३।।

झुपडी मिल्काउने हुरी होईन
पहाड सम्याउने भुकम्प बन ।।
बेश्या बन्ने सुन्दरी होईन
सहयोध्दा बन्ने विराङ्गना बन ।।३४।।

हिमालको सौन्दर्यमा डाँफे र
मुनालको नचाईमा ।
बिछोडको छहारीमा अतीतलाई सम्झदै
हिड्दै वर्तमानमा ।।३५।।

लाखौं उल्लासका भारी बोकेर
मित्रहरू सामु आउ ।
मलिन छ त्यो दिव्य मुहार
सम्झ हे साथी ।।३६।।

प्यारको गहिराईलाई थिए कति
जीवनका बाटाहरु ।
मुस्कानमा व्यक्त गर्नलाई ।।३७।।

तर विवस छु साथी सुनसान
एकान्तमा मायाको डोरी ।
बाँधेर रात्रीको शयनमा ।।३८।।

कठै प्यारमा भुल्यौंकी बाटाका कठिनाइमा ।
आशा गर्दैछु साथी भोलिको बिहानमा ।।३९।।

आकाक्षाका रेखाहरु वैलिसके पवनमा ।
प्रतिक्षाको आशा राख्दै कलमको नयनमा ।।४०।।

वारि र पारी अवलोकन गर्छु
धर्तिको बाटोमा ।
उजाड देख्छु हे मेरी साथी
शरदको यो ॠतुमा ।।४१।।

किन हो किन यो मेरो मन
अडकन्छ गलामा ।
छोडेर गए हे मेरा साथी
कागतको पानामा ।।४२।।

गरिब भनेर हेला नगर्नु
उ पनि कुनै दिन महान बन्न सक्छ ।।४३।।

नेपालीलाई नेपाल चाहिन्छ भने
विद्यार्थीलाई बिद्या चाहिन्छ ।।४४।।

बर्षे बबई सनरन
हिउँदे बबई बगर ।
घर मेरो टाढा पर्यो
केहि पाईन खबर ।।४५।।

घाम बिर्से पनि
छायालाई नबिर्सिदेउ ।
मलाई बिर्सेपनि मेरो मायालाई
नबिर्सिदेउ ।।४६।।

गल्तीभए क्षमा पाउ ।
माया भए फ़ोटो पाउँ ।।४७।।

बगैचामा जातजातका फुल हुन्छ
तर गुलाफ जस्तो पाउन सक्दिन ।
साथी त हजार हुन्छन् तर पनि
तिमी जस्तो पाउन सक्दिन ।।४८।।

भिर धर्ती सागर छन् याहाँ
नदी र पैह्रो गैरहन्छन् ।
मर्ने र बाँच्ने सबै छन् याहाँ
मिलन र बिछोड भैरहन्छन् ।।४९।।

गुरुबाले भन्नुहुन्छ पढ बाल पढ
गुरुमाले भन्नुहुन्छ कहिले जाउला घर ।
घर जाउँत भने छैनन् त नारी ।
पढ्न जाउँत भने पुस्तकको भारी ।।५०।।

समुन्द्रको जल पनि सुक्दै जाला
छोडदैन बिद्या बरु प्राण जाला ।।५१।।

एकता नै गरिबको बल हो
संघर्ष नै सफ़लताको चिन्ह हो ।।५२।।

रात पछि दिन अवश्य हुन्छ
दु:ख पछि सुख अवश्य हुन्छ ।।५३।।

हे सुन्दरी ! तिमीलाई देख्दा एउटा पाप गर्न मन लाग्छ ।
होंठमा होठ मिलाई सहिछाप गर्न मन लाग्छ ।।५४।।

२. हिन्दी शायरीहरु

चाँदनीसे होता है सितारोंसे नहि ।
आत्मा मिलता है एकसे हजारोंसे नहि ।।१।।

एक फुल फुलते हैं सो फुल हँसते नहि ।
मै किसिको प्यार करता हुँ मुझे किस्मत से नहि ।।२।।

नुहाना है तो बिच दरिया मे आ
किनारोमे क्या रख्खा है ।
प्यार करना है तो बाहोंमे आ
ऎसि रो क्या रख्खा है ।।३।।

लिखता हुँ खत खुनसे
स्याही नासमझना ।
मरता हुँ तुम्हारी प्यारमे
जिन्दा ना समझना ।।४।।

जब मुझे व देखती है
दुपट्टा खिच लेति है ।
खुदाका शुक्र है
पहचान तो लेति है ।।५।।

जो भरा नहिं भावोंसे बहती जिसमे जलाधार नहि ।
व ह्रदय नहि पत्थर है जिसमे स्वदेशका प्यार नहि ।।६।।

पिछेसे देखातो लागि आसमान के परी ।
आगेसे भरातो पाउडरसे भरी ।।७।।

पिले२ साडी पे गुलाफका फुल ।
दुसराको देखकर मुझे मत फुल ।।८।।

रोसन याद से होता है
गीर जमिनमे पडता है ।
प्यार आँखोसे होता है
दर्द दिलमे होता है ।।९।।

दुनियाँ वाले प्यार करने वालोको
मिलने क्यो नहि देते ।
ऎसि हरकत वहि लोग करते है
जो स्वयं प्यारके मामलेमे
असफल रहे हैं ।
इसिलिए वह नहि चाहते
दुसरे सफ़ल नहि ।।१०।।

3. English few proverb quotation

Health is wealth. ………1.

Darkness from light. ………2.

Money is gone
Nothing is gone
Health is gone
something is gone
but character is gone
everything is gone. ………3.

Past is already past.
Future is uncertain
But present is most important.………4.

Struggle is life and silence is death. ……5.

Our baby a baby of Nepal
grow up fast and go to school
be a dutiful son of your parents
be a honest friend to your neighbourhood
be a hero of your motherland
be a hero of your world. …………6

संकलन तथा लेखन

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ
@ कीर्तिपुर काठमाडौ, नेपाल
मिति : सोमबार ७ भाद्र २०७८ गाईजात्रा शुभम् ।

Comments