२९३. श्री अम्बिकेश्वरी मन्दिर, अम्बापुर, घोराही, दाङ

अम्बिकेश्वरी मन्दिर, अम्बापुर, घोराही दाङ            

श्री अम्बिकेश्वरी मन्दिर, अम्बापुर, घोराही, दाङ
   

ऎतिहासिक प्राचीन मन्दिर
अम्बापुर, घोराही स्थित ।
आमा ! अम्बिकेश्वरी भगवती
हजुरको शरणमा छौं हामी।।१।।

धार्मिक आस्था र विश्वास
सांस्कृतिक रुपान्तरण ।
एउटा महान आस्थापुञ्जमा
अन्ततः जीवन हुन्छ समर्पण ।।२।।

सायद ! दैव ईश्वर देखिने भए
यति महानतम्  आस्था ?
किमार्थ, हुने थिएनन् मानिस भन्दा
सच्चा सामर्थ्य र महान ।।३।।

तसर्थ,

ब्रह्मा बिष्णु शिव महेश्वर
देवी जगदम्बा भगवती ।
चराचर जगतका आदि ईश्वर
अलौकिक अनन्त शक्ति ।।४।।

हे ! अम्बिकेश्वरी आदि माता
हजुरकै शरणागत छौँ ।
२०४९ साल बैशाख २३ रात
यहीँ बाटै दाम्पत्य जीवन सुरुआत ।।५।।

सदैव हजुरको सुदृष्टी रहिरहोस्
आशीर्वचन कृपा माग्छौं हामी ।
कोरोना महामारी कहर आज
मुलढोका बन्द छ हजुरको ।।६।।

तथापि,

मुलद्वारमा हात जोडि नमन
अत्यन्त उच्च पवित्र मन ।
ह्रदयभरी भक्ति भाव बोध
सदा हजुरको कृपा दृष्टि रहोस् ।।७।।

हजुरकै हौं हामी आफ्नै सन्तति
शुद्ध बुद्ध रहोस् हाम्रो मति ।
भक्ति भाव धारा वहिरहोस्
सदा सर्वदा नित्य निरन्तर ।।८।।

श्रद्धा आस्था र अनन्त विश्वास
केवल हजुरकै छ आश ।
दु:खरुपी अन्धकार चिर्दै
दिनुहोस् उज्यालो प्रकाश ।।९।।

चित्त शुद्ध होस्, मन बुद्ध होस्
दुषित भावना ह्रदयमा नहोस् ।
हजुरको प्रकाशको सूक्ष्म झिल्का
दिव्य ज्योति बनी बर्सियोस् ।।१०।।

✍️ रचनाकार : बसन्तराज अधिकारी
श्री अम्बिकेश्वरी मन्दिर, घोराही, दाङ
मिति २०७७-०७-१६ आइतबार शुभम् ।

Comments