३०३. लोकतन्त्र, निर्वाचन र कर्मचारीतन्त्र

७० औं प्रजातन्त्र दिवस तथा पाँचौं निर्वाचन दिवस, २०७७ को शुभ अवसरमा सार्वभौमसत्ता सम्पन्न हामी नेपाली नागरिकहरूमा भव्य सभ्य शुभकामना 🇳🇵

लोकतन्त्र, निर्वाचन र कर्मचारीतन्त्र         

✍️ वसन्तराज अधिकारी
     घोराही उपमहानगरपालिका, दाङ, लुम्बिनी प्रदेश, नेपाल 

लोकतन्त्र हामो मुल मन्त्र, हामी नेपाली ।
आपसमा मिल्नुपर्छ हिमाल, पहाड, तराई ।।१।।

बहुल जाती भाषा धर्म, संस्कृतिका धनी ।
सगरमाथाको देश हाम्रो, गौतम बुद्ध ज्ञानी ।।२।।

दुईहजार सात सालमा, प्रजातन्त्र आयो ।
बासट्ठीको जन आन्दोलनले, लोकतन्त्र ल्यायो ।।३।।

संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था हाम्रो ।
लोकतान्त्रिक जीवन, पद्धति परिपुर्ण राम्रो ।।४।।

निर्वाचन लोकतन्त्रको, प्राण सञ्जीवनी ।
आवधिक निर्वाचन, रक्तसञ्चार धमनी ।।५।।

निर्वाचितले शासन गर्ने, योग्यता प्रशासन ।
हामीलाई चाहिएको छ, पद्धति सुशासन ।।६।।

नेपालको संविधान, कार्यान्वयन गरी ।
तिनै तहको निर्वाचन, हाम्रो सर्वोपरि ।।७।।

थिती-रिती पद्धति र बिधि कायदा कानुन ।
बाँधेपछी चल्छ सहज, व्यवस्थित जीवन ।।८।।

एकतन्त्रीय राणा ढाली, प्रजातन्त्र ल्यायौं ।
७० औं प्रजातन्त्र दिवस, मनाउन पायौं ।।९।।

राज्य पुनर्संरचना, निर्वाचित जनप्रतिनिधि ।
परिपुर्ति हुँदा बाँधिदैछ, हाम्रो थिती-रिती ।।१०।।

सबै एक जुट भै मिलौ हामी,  मनमुटाव त्यागौं ।
सद्भाव र मतैक्यताको, अभ्यासमा लागौं ।।११।।

धेरै भए बिरोध आन्दोलन, जन अधिकार पाउन ।
सरकार बैधानिक भए बन्छ, हाम्रो सहज जीवन ।।१२।।

स्वस्थ्य प्रतिस्पर्धा गरी, सुदृढ राजनीतिक दल ।
शासन प्रशासन गर्न, बन्नुपर्छ जनसेवी अब्बल ।।१३।।

फुटपरस्त गुटगत राजनीतिले, हुन्छ अस्तव्यस्त ।
सहकार्य, समन्वय र सह अस्तित्व हाम्रो मुलमन्त्र ।।१४।।

अन्तरक्रिया छलफल मन्थन, बिचार बिमर्शमा ।
सदैव अघि बढौ सहमति र आपसी सद्भावमा ।।१५।।

मुलुकमा अमन चयन सुशासन, पद्धतिमा  गर्न  ।
कानुन निर्माण कार्यान्वयन, गरि पर्छ अघि बढन ।।१६।।

सन्देश पुनः राखे संक्षिप्तमा, बुझ्नु तत्व गुरुज्ञान ।
लोकतान्त्रिक गणतन्त्रात्मक प्रजातन्त्र सुदृढ गर्न  ।।१७।।
                            ।। समाप्त ।।

रचनाकार : वसन्तराज अधिकारी
बाँके, नेपालगन्ज, २०७३
हाल : स्वनिवास घोराही उपमहानगरपालिका, दाङ
✍️  सन्देशमुलक राष्ट्रभक्ति गीत : प्रथम निर्वाचन दिवस, २०७३ को सन्दर्भमा वाचन, प्रकाशन भएको पुनः समसामयिक  परिमार्जित संस्करण, २०७७ ।

Comments