२९८. अंग्रेजी नयाँ बर्ष २०२१ को हार्दिक मंगलमय शुभकामना !!!

अंग्रेजी नयाँ बर्ष २०२१ को हार्दिक मंगलमय शुभकामना !!!      

Me Basanta Raj Adhikari with Driver Harikrishna Karki, Rajapur Municipality, Bardiya, Nepal.

निशाको त्यो
निष्पट कराल ।
साथ सबैको
यात्रा निरन्तर ।
जाग्रत चेष्टा
अन्तर ज्ञान ।
प्रतीक्षामा
नौलो बिहान् ।। १।।

जीवन आशा
जीजिबिषा ।
सुखको स्वप्ना
मृगतृष्णा ।
बढोत्तरी इच्छा
बिजिगिषा ।
हुन्छ पुर्ण
रहित शङ्का ।।२।।

नयाँ बर्ष २०२१
आवस खुशीको
सुखद वर्षा ।
कोभिडको सन्त्राश
नरहोस् सबमा
शुभ शुभेच्छा ।
राजनीति मुलुकको
भाग्य र भविष्य
बनोस् एक्यवद्धता ।
उन्नतिशील दृढता
देशभक्त र
राष्ट्रसेवक ।
हर्दम लागुन
जनसेवामा तत्पर ।।३।।

सोंच नयाँ
खोज नयाँ ।
रोज नयाँ
जोश नयाँ ।
दिन नयाँ
महिना नयाँ ।
बर्ष नयाँ
हर्ष नयाँ ।।४।।

अपुर्ण इच्छा
पुर्ण हुन् ।
पुर्ण झन
भरिपुर्ण हुन् ।
रोग व्याधी
नहवस् कतै ।
सुख शान्ति
छावस् जताततै ।।५।।

चिने जानेका र
नचिनेका ।
निराकार र
गाढा सम्बन्ध ।
साथीभाइ
आफन्त
नाताकुटुम्ब ।
इष्ट मित्र ।
शुभेच्छुक
सबैमा ।

नयाँ बर्ष २०२१ ले
ल्यावस् हर्ष
आनन्द सर्वत्र ।।
Happy New year
Near & Dear To All
आत्मीय मित्र ।।६।।

✍️ कवि :  बसन्तराज अधिकारी
१ जनवरी २०२१
@ राजापुर नगरपालिका, राजापुर, बर्दिया ।

Comments