३०६. साहित्यिक : संक्षिप्त परिचय अधिवक्ताको चिनारी साथ, भए स्वरोजगारी । अब उप्रान्त यहि व्यवसायमा, बन्नेछ चिनारी ।।

साहित्यिक : संक्षिप्त परिचय

अधिवक्ताको चिनारी साथ, भए स्वरोजगारी ।
अब उप्रान्त यहि व्यवसायमा, बन्नेछ चिनारी ।।               

📘 परिचय तस्बिर स्वयं बोल्छ !

म त हजुर सेवा निवृत्त , निजामती सेवक  ।
तीसौं स्वर्णिम बर्ष व्यतीत, बनि राष्ट्रसेवक ।।
योग्यता क्षमता प्रतिस्पर्धाले, जागीर खाएँ
निवृत्त पश्चात् अब, कानुन व्यवसायी भए  ।।१।।

मेरो नाम वसन्त राज,  अधिकारी थर ।
जन्मस्थल मजगैं दाङ, घोराही हो घर ।।
अधिवक्ताको चिनारी साथ, भए स्वरोजगारी ।
अब उप्रान्त यहि व्यवसायमा, बन्नेछ चिनारी ।।२।।

न्यून रहर अधिक निर्देशनमा, एक राष्ट्रसेवक  ।
निवृत्त भै स्वतन्त्र र रहरमा बन्छु जनसेवक  ।।
शिक्षक र निजामती,  चालिसौं बर्ष भयो व्यतीत  ।
सम्झिल्याउँदा गौरव लाग्छ, आफ्नै सुन्दर अतित ।।३।।

✍️ वसन्तराज अधिकारी
        अधिवक्ता
घोराही उपमहानगरपालिका, दाङ, नेपाल ।

रविवार १७ श्रावण २०७८ शुभम् ।

Comments