२९१. कविता : पर्यटकीय स्थान परिचय थारु सोनाह होमस्टे मुर्गहवा, बर्दिया

कविता : पर्यटकीय स्थान परिचय थारु सोनाह होमस्टे मुर्गहवा, बर्दिया

📝 बर्दिया राष्ट्रिय निकुञ्जमा हामी 

राजापुर नगरपालिका अन्तर्गत, वार्ड नं एक । थारु सोनाह होमस्टेको रौनक, सान अनेक ।। कर्णालीको तिरमा पर्छ, यो रमाईलो ठाउँ । सुन्दर छ आफ्नै मौलिक, मुर्गहवा नाउँ ।।१।। अल्पसंख्यक जनजाति, अति सीमान्तकृत । सोनाह जाति संस्कृतिमा, छन् यि परिचीत ।। विडम्बना अझै सुचिकृत, पनि छैन भाको । नेपालमा ज्यादै थोरै, सरकार नै थानपाको ।।२।। राजापुरदेखि करिब छ - सात किलोमीटर । यातायात सुविधा जनक, छ कर्णाली तिर ।। सोनाह थारु संग्रहालय, होमस्टे छन् याहाँ । मौलिक खानपिन परिकार, आनन्द छ जहाँ ।।३।। नजिक बग्छीन् कर्णाली नदी, पारी टीकापुर गेरुवा गाउँपालिका पर्छ, यसको उत्तर शिर ।। प्रचारप्रसारको कमी छ, भन्नुहुन्छ तारा सोनाह वाहाँवाट धेरै महत्वपूर्ण कुरा, पनि हुन्छन् थाहा ।।४।। भारत चीन युरोप अमेरिका, पुग्छन् मान्छेहरु । कस्तुरीले आफ्नै वीणा, नचिनि भौंतारिदै बरु ।। घोङी सिकार माछा मासु, ढिक्री थारु परिकार कर्णाली नदी दृश्यावलोकन, रमाइला हजार ।।५।। एकपटक होमस्टेको बाँस, साईत पनि जुर्यो  । साथी रमाउन थाले पछि, यो कविता फुर्यो ।। जीवनमा एकपटक  अवश्य आउनै पर्छ याहाँ । प्राकृतिक र सांस्कृतिक संगम पाउनु नि कहाँ ।।६।। थोरै खर्च अर्गानिक खानपिन, स्वस्थ्य बासस्थान । यति कुरा सहज सरल हुन्छ, हाम्लाई बोध ज्ञान ।। कहाँ जानू बित्थामा भौंतारिदै, देश बिदेश परदेश । आफ्नै भुगोल धर्तीमा छ, पर्यटकीय खास बिशेष ।।७।। कर्णाली नदी र केबुल स्टेज, बृज सबैलाई थाहा छ । तर त्यस्कै पृष्ठभूमि मुटुमा स्थित, स्थान छ बेखबर ।। एकातिर कर्णालीको मनोरञ्जनात्मक, प्राकृतिक छटा अर्कोतिर मौलिकता खानपिन र सांस्कृतिक गाथा ।।८।। म्याडम एशोदा लेखा अधिकृत, बाबू वसन्त मल्ल । अधिकृत शोभा पौडेल, इन्जिनियर शंकर भट्टराई ।। इन्जिनियर सरीता चन्द, लेखापाल हुकुम बोहरा । नापी सर्वेक्षक श्रीकिरण र वडा सचिव सोनु, रञ्जु ।।९।। कानुन इन्टर्नसिपकर्ता जयन्ती मिस अरु साथीहरू । सोनाह थारु होमस्टेको रमाइलो, कति बर्णन गरु ।। आउनुस् है आफन्त साथीभाइ, पहिला खवर गरि । रमाईलो आनन्द मनोरञ्जन, लिनुस् मनपेट भरी ।।१०।। कोरोना भाइरसको बिश्वब्यापी, कहरवाट बच्दै । नयाँ नयाँ पर्यटकीय, गन्तव्य स्थलहरु खोज्दै ।। आफ्नै देश भित्रका प्राकृतिक, मनोरम स्थान । घुम्न जाउँ राखी आफ्नै, निजत्व र स्वाभिमान ।।११।। ✍️ कवि तथा लेखक बसन्तराज अधिकारी रचना मिति : २०७७\०९\०९ बिहीबार शुभम् राजापुर, बर्दिया ।

Comments