२९०. बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरद्वारा, बर्दिया

बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरद्वारा, बर्दिया          

✍️ वसन्तराज अधिकारी
                          घोराही उपमहानगरपालिका, दाङ
                              @ कीर्तिपुर, काठमाडौंं  


जीवनमा सके पटकपटक, नसके पनि एकपल्ट ।
अवश्य आउनुस् है घुम्न, बर्दिया राष्ट्रिय निकुञ्ज ।।

शुक्रबार र शनिबार आहा सरकारी, बिदा मनाउन ।          साथीभाइसँग आत्मीयजनसँग, अनौपचारिक हुन ।।
नित्य दैनिक कर्मदेखि एउटा, संक्षिप्त अवकाश ।            सह्रदयीहरुसँग मित्रवत् बिशेष, खास भेटघाट ।।१।।

हाम्रो बर्दिया राष्ट्रिय निकुञ्ज, राम्रो छ जहाँ ।
कर्णाली नदीको नजिक छ, सुन्दरता छ याहाँ ।।
ठाकुर बाबा नगरपालिकाको, प्रमुख क्षेत्र यहाँ ।
लुम्बिनी प्रदेश अन्तर्गत पर्ने, जिल्ला बर्दियामा ।।२।।

स्थापना  भएको हो २०३२ साल, सन् १९७६ ।
मध्यवर्ती क्षेत्र भयो २०५३ साल, सन् १९९६ ।।
कुल क्षेत्रफल रहेकोछ ९६८, वर्ग किलोमीटर  ।
मध्यवर्ती क्षेत्रको क्षेत्रफल, ५०७ वर्ग कि.मि. ।।३।।

शुरुमा कर्णाली वन्यजन्तु, आरक्षको रूपमा ।
स्थापित निकुञ्ज पछि भयो, वन्यजन्तु आरक्ष ।।
एवम् रितले बिधिवत् घोषणा भो, राष्ट्रिय निकुञ्ज ।
बिक्रम संवत् २०४५ साल, मंसीर २० गते ।।४।।

बर्दिया जिल्लाका कर्णाली र बबई नदी ।
समेटेर केही भाग निकुञ्ज, रहेको छ यहीँ ।।
तराईका राष्ट्रिय निकुञ्जमध्ये, सबैभन्दा ठूलो ।
मध्यवर्ती क्षेत्र २०५३ सालमा, घोषणा भयो ।।५।।

शुरुमा ३२७ वर्ग किलोमिटर, क्षेत्रफल समेटेको ।
मध्यवर्ती क्षेत्र सन् २०१० मा, १८० वर्ग कि.मि. थप ।।                सुर्खेत तर्फ विस्तार चुरेको, माथिल्लो भागतिर ।
केही सल्लाका जंगलहरू र  तराई अधिकांश  साल ।।६।।

जंगलले ढाकेको छ र बीच, बीचमा घाँसे मैदान ।
पाटे बाघ, एक सिंगे गैंडा, चितुवा, घोडगधा, जरायो ।।              चित्तल, लगुना, बाह्रसिङ्गा र जंगली हात्ती समेत ।
५६ प्रजातिका स्तनधारी, वन्यजन्तु छन् यहाँ ।।७।।

जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र
विभिन्न किसिमका जलचर माछाहरु, पाइन्छन् याहाँ ।।           हालसम्म ४३८ थरी रैथाने र बसाई सरी आउनेहरु ।            चराहरूको अभिलेख पनि, स्पष्ट गरिएको छ अरु ।।८।।

पर्या पर्यटनको छ यहाँ, प्रचुर छ सम्भावना  ।
गोही प्रजनन केन्द्र र थारु संग्रहालय छ यहाँ ।।
सुन्दर शान्त मनोरञ्जनात्मक, रमणीय प्रकृतिस्थल ।            निकुञ्जमा वर्षेनी पर्यटकको, संख्या बढिरैछ ।।९।।

म र म्याडम एशोदाजी डाक्टर सुरज र अनुशा शर्मा ।                 बसन्त मल्ल, मिस सरिता चन्द र जयन्ती चौधरी ।।
२०७७ पुस २४ र २५ द्विदिवसीय अनौपचारिक साथ ।             कर्णाली जंगल क्याम्प सफारि, ठाकुर बाबा बाँस ।।१०।।

क्याम्प फायर जाडो भगाउँदै, चिसो२ रातमा ।
परिवार र स्टाफ सहकर्मीको, सुमधुर साथमा ।।
जंगल सफारी दृश्यावलोकन, मनोरम दिनमा ।
प्राकृतिक स्वच्छ आनन्दाभुति, बित्यो क्षण२ मा ।।११।।

धन्यवाद छ जंगल क्याम्पका, सहयोगी सबलाई ।
अझै बिशेष धन्यवाद, संयोजक मल्लजीलाई ।।
पुनः धन्यवाद श्री बिकास, के.सी. "काजी" ।
स्थानीय व्यवसायी राम्रो सहयोग, हुनुभयो जाति ।।१२।।

आन्तरिक पर्यटन प्रवर्द्धनलाई, चलायमान गर्नुछ ।                कोरोनाको उच्च जोखिमवाट, सदैव बच्नु छ ।।
यात्रा रै छ जिन्दगी चक्र घुमौं, मोज मजा ठानी ।
ख्याल ख्यालैमा वितिजान्छ, चार दिन जीन्दगानी ।।१३।।

रातको बाँस आनन्द साथ, तनाव चिन्ता छाडी ।
रविवार वाट पुनः नित्य, कामकाज गर्नुछ अगाडी ।।               जीवनमा सके पटकपटक, नसके पनि एकपल्ट ।
अवश्य आउनुस् है घुम्न, बर्दिया राष्ट्रिय निकुञ्ज ।।१४।।

✍️ कवि तथा साहित्यकार
बसन्तराज अधिकारी
स्थायी ठेगाना :  घोराही उपमहानगरपालिका, दाङ
@ राजापुर, बर्दिया ।

Comments