३०७. महाशिवरात्री २०७७ पाशुपत धाम तिर्थस्थल दर्शन महाशिवरात्री पशुपति धाम दर्शन ज्ञानामृत

महाशिवरात्री २०७७ पाशुपत धाम तिर्थस्थल दर्शन                            महाशिवरात्री पशुपति धाम दर्शन ज्ञानामृत                      

पशुपति दर्शन "महाशिवरात्री पर्व २०७७" 



हिन्दू दर्शन सर्वप्राचीन, धर्मको सार ।
यसैमा सृष्टि सभ्यताको, पुर्णआधार ।।१।।

शिव तत्व आदि सृष्टि, हुन् हाम्रा पिता ।
शक्ति जननी हुन् हाम्री, आदि माता ।।२।।

ॐ कार हो परब्रह्य, शब्द भन्दा पर ।
यहीँ नै हो जीवनको, अनन्त सार ।।३।।

सत्य त्रेता द्वापर कलि, चारयुग पर्यन्त ।
स्वर्ग मर्त्य पाताल, त्रिलोक अनन्त ।।४।।

मोहरात्री कालरात्री, सुखरात्री शिवरात्री ।
अत्यन्त उत्तम दिन मानव, जीवनका लागि ।।५।।

धर्म अर्थ काम मोक्ष, चार हुन् पुरुषार्थ ।
ब्रह्मचर्य गृहस्थ बानप्रस्थ र सन्यासश्रम ।।६।।

अंग्रेजीमा GOD भन्नू, नेपालीमा ईश्वर ।
सृष्टि पालन संहारकर्ता, एकै महेश्वर ।।७।।

वेद पुराण शिवस्तुती, ॠषि मुनि गायन ।
गणेश बिष्णु शिव देवी, सुर्य पाञ्चायन ।।८।।

मानव प्राणी देवताको, सम्बन्ध अटुट ।
देवत्वमा सुख शान्ति, समृद्धि अनन्त ।।९।।

अन्धकारमा उज्यालोको, हुने गर्छ चाह ।
सभ्यता यहीँ अन्तर्निहित, शिवतत्व साथ  ।।१०।।

परमपिता शिव पशुपतिको, दर्शन गरौं आज ।
शुद्ध अन्तकरन साथ राखी,  टेकाएर माथ ।। ११।।

आज महाशिवरात्री पर्व देवाधिदेव श्री महादेवको अवतरण वा साक्षात भएको अत्यन्त  पावन दिन बिहान् स्नान ध्यान गरि शुद्ध रहि व्रत उपवास गरि गौशाला, काठमाण्डौं स्थित पाशुपत क्षेत्रमा सपरिवार उपस्थिति भै शिवधाम दर्शन पश्चात् प्रसाद ग्रहण गरि फर्कियौं । यसै क्रममा शिव पाशुपत क्षेत्रमा जाँदा जाँदै तिर्थयात्रामा सिर्जना भएको अध्यात्मिक जागरण कविता महाशिवरात्री पशुपति धाम दर्शन ज्ञानामृत कविता प्रस्तुतिका साथ ॐ नम: शिवाय

✍️ वसन्तराज अधिकारी तथा एशोदा अधिकारी
महाशिवरात्री, २०७७ [गुरुवार २७ फागुन २०७७ शुभम्] 
पशुपतिनाथ मन्दिर परिषर, गौशाला,काठमाण्डौं ।

Comments