२८९. नयाँ रहर स्वरोजगारीको योजना ………

नयाँ रहर स्वरोजगारीको योजना …………                                                                                                                                            यो मेरो बाध्यता होईन रहर हो ।                                               लहड होईन जीवनवृत्ति हो ।।                                                  अध्ययन र दीर्घ सेवा जनहितमा,                                              समर्पित गर्ने दृढ इच्छाशक्ति हो ।।

✍️ वसन्तराज अधिकारी अधिवक्ता श्री भोजराज आचार्यको साथमा न्याय पथ ल फर्म, पुतलीसडक, काठमाडौंं, नेपाल ।


जागीरे जन्जिरवाट वाक्क दिक्क भएका
"युवा युवती" खासम म भन्दा तन्नेरीहरुको
मनस्थिति  खुला पुस्तक जस्तैः पढिराछु
कानुनको आफ्नै भाषामा भनौं भने
अनुसन्धान तहकिकात गरिराछु ।।
सन्तुष्टि देख्दिन युवाहरुमा पनि
मलाई भन्छन् अब सेवा निवृत्त पेन्सनमा
आरामले बस्ने किन टेन्सन लिने ?
उनीहरुको बुझाई स्वानुभव होला
एकातिर वृत्ति अनिवार्य फ़ेरि दुर्लभ प्राप्ति
पाएपछि धानिखान कठिन !
मान्छेको जातै बैगुनी हो कि !!
मुलुकमा स्थिति पद्धति नभाको हो ?
गहिरो अन्वेषण गर्नुछ यस्मा पनि !! ।।१।।

भनिन्छ - शाश्वत नीतिमा विद्वानले
म कहिल्यै मर्दिन र कहिल्यै बूढो हुँदैन
भनेर स्वाध्ययन, वृत्ति र धर्मप्रति
अटल हिमाल जस्तैः आस्था हुनुपर्छ ।
रोजगारी भन्दा उत्तम स्वरोजगारी
व्यापार व्यवसाय भन्दा उत्तम लगानी
यसैमा त चलिराछ सबैको जिन्दगानी ।।
अब नयाँ सोंच नयाँ खोज परिपक्व विचार
दृढ आत्मविश्वास रूपी पुष्पगुच्छाहरु
एक एक उन्दै सुन्दर हार बनाउँनुछ ।
त्यो हार चालिसौं बर्ष गरेको राष्ट्रसेवा
भन्दापनि सुन्दर र उपयोगी बनाउनुछ ।।२।।

राज्यको महत्वपूर्ण स्थायी संयन्त्र
निजामती प्रशासन सेवामा ।
व्यतीत गरेका ति स्वर्णिम दिनहरु 
गौरवान्वितरुपमा अन्तरह्रदयको
संग्रहालय भित्र सम्मानजनक संग्रह
नयाँ रहरमा अब स्वरोजगारीको तयारी ।।
यसको लागि सबल मनस्थिति
पुनः दृढ़ अध्ययनशिल मेहनत
एउटा युद्ध मैदानको सिपाही जस्तैः
बेजोड तयारीमा लाग्दैछु अब ।।३।।

माध्यमिक शिक्षाको अध्ययन पश्चात्
चालिसको दशकदेखिको जागीरे यात्रा
रहर न्यून  बाध्यता अधिक स्वरुप
रोजगारी "जागीर" को प्रमुख ध्येय राखि
व्यवस्थापन र मानविकी निरन्तर अध्ययनसंगै
शिक्षक र कार्यालय सहायकको सेवा यात्रावाट
नेपाल सरकारको अधिकृतको अध्ययन क्रमसंगै……
कानुन शिक्षाको अध्ययन प्राथमिकता ।।
राजनीतिशास्त्र र कानुनको उच्च शिक्षा
निजामती सेवाको एउटा  लामो अनुभव
स्वाभाविक रुपमा भइयो निवृत्त
तत्पश्चात् अनिवार्यता र कहर
जीजिविषाका लागि वृत्ति पथमा
व्यतीत भए लामो कालखण्डमा
चालिसौं वसन्त र शिशिरहरु ।।४।।

तसर्थ

हे ! सच्चा देशभक्त राष्ट्रसेवकहरु हो ।
राष्ट्रको खाँचो महसुस भैरहेको छ ।
र मेरो आवश्यकता जहाँ रहेको छ ।
हाजिर हुन तम्तयार तयारी गरिरहेकोछु ।
युद्धमा खटिने सिपाहीले जस्तैः
बर्दी र हातहतियार खरखजाना तयारीमा
शिघ्रातिशिघ्र मञ्चन हुने नाटकमा
रंगकर्मीको स्वरूपमा आउँछु सशक्तरुपमा
यो मेरो बाध्यता होईन रहर हो ।
लहड होईन जीवनवृत्ति हो ।
अध्ययन र दीर्घ सेवा जनहितमा
समर्पित गर्ने दृढ इच्छाशक्ति हो ।।५।।                                                      

🇳🇵 निजामती प्रशासन सेवा उपसचिव पदवाट सम्मानजनक अवकाशप्राप्त अवस्था ❣️🙏🌻

🙏🙏 धन्यवाद 🙏🙏

✍️ वसन्तराज अधिकारी
अधिवक्ता
रचना मिति : बुधबार १३ श्रावण २०७८ शुभम् ।

Comments